emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जसपा महोत्तरीको प्रथम जिल्ला अधिवेशन उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सुरु

source e-Madhesh २०८२ वैशाख ३ गते , बुधबार
0
Shares
34
Views
जसपा महोत्तरीको प्रथम जिल्ला अधिवेशन उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सुरु

ईमधेश न्यूज सम्वाददाता,
महोत्तरीं, ०३ बैशाख ।
 जनता समाजवादी पार्टी, नेपाल (जसपा) महोत्तरीको प्रथम जिल्ला अधिवेशन आइतबारदेखि सुरु भएको छ। अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा गरिएको हो।
उद्घाटन समारोहमा जसपाका केन्द्रीय नेता, प्रदेश समिति सदस्य, जिल्ला तहका प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्ष यादवले जसपाको भूमिका केवल निर्वाचनसम्म सीमित नरहेको, जनताको हकअधिकार, समावेशिता र संघीयताको पक्षमा निरन्तर संघर्षरत रहेको बताएका थिए।
अधिवेशनको उद्देश्य संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यदिशा तय गर्नु, र जिल्लास्तरीय नेतृत्व चयन गर्नु रहेको आयोजकले जनाएका छन्। साथै, मधेशका स्थानीय मुद्दा, भाषा–संस्कृति, पहिचान र विकासको विषयमा समेत छलफल गरिने जनाएको छ।
कार्यक्रममा प्रदेश अध्यक्ष, जिल्ला इञ्चार्ज, युवा तथा महिला संगठनका प्रतिनिधिहरूले पनि आ–आफ्ना धारणा राखेका थिए। वक्ताहरूले पार्टीलाई जनतामुखी बनाउँदै आधारभूत मुद्दामा केन्द्रित रहनुपर्नेमा जोड दिए।
अधिवेशनमा राजनीतिक, सांगठनिक र वैचारिक छलफलहरू गरिने छन्। अधिवेशनले नयाँ जिल्ला समिति चयन गर्नेछ, जसले आगामी दिनमा पार्टीलाई थप सक्रिय र संगठित बनाउने अपेक्षा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव