emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पूर्वविद्यार्थीसँगको सम्वन्ध बलियो बनाउन नेकमा भेला कार्यक्रम

source e-Madhesh २०८२ वैशाख ३ गते , बुधबार
0
Shares
28
Views
पूर्वविद्यार्थीसँगको सम्वन्ध बलियो बनाउन नेकमा भेला कार्यक्रम

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०३ बैशाख ।
 नेपाल इन्जिनियरिङ कलेज (नेक)ले आफ्ना पूर्वविद्यार्थीहरूको विशेष जमघट ’नेक अल्मुनाई मिट’ कार्यक्रम यही वैशाख ६ गते आयोजना गर्ने भएको छ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाको रूपमा सञ्चालित कलेजले पूर्वविद्यार्थीबीच आपसी सम्बन्ध, सहकार्य र सम्झनालाई बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो।
कलेजका मिडिया रिलेसन अफिसर तथा असिस्टेन्ट प्रोफेसर आशिष झाका अनुसार, कार्यक्रममा पेशागत अनुभव साटासाट, कलेज जीवनको स्मरण, र भविष्यमा सहकार्यका सम्भावनामाथि छलफल हुनेछ।
कार्यक्रम संयोजक आर्किटेक्ट पोषण थापाको नेतृत्वमा मूल समारोह समिति गठन गरिएको छ, जसमा विभिन्न पूर्वविद्यार्थी समावेश छन्।
कार्यक्रम नेक कलेजको सभाहलमा हुनेछ, जसमा सयौंको संख्यामा सहभागी हुने अपेक्षा गरिएको छ। कलेजले हालसम्म दशौं हजार दक्ष इन्जिनियर उत्पादन गरिसकेको छ।
सन् १९९४ मा स्थापना भएको यो कलेज पोखरा विश्वविद्यालय अन्तर्गतको सम्बन्धन प्राप्त संस्थान हो। नेपाल इन्जिनियरिङ परिषदबाट २०६० सालदेखि स्थायी अनुमति प्राप्त यस कलेजले इन्जिनियरिङका स्नातक र स्नातकोत्तर तहमा अध्ययन गराउँदै आएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव