emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेश प्रिमियर लिगः उद्घाटन खेलमा छिन्मस्ता रूपनी मधेश राइडर्सको विजयी सुरुआत

source e-Madhesh २०८२ वैशाख २ गते , मंगलबार
0
Shares
91
Views
मधेश प्रिमियर लिगः उद्घाटन खेलमा छिन्मस्ता रूपनी मधेश राइडर्सको विजयी सुरुआत

आर.एन.मेहता,
राजविराज,०२ बैशाख ।
 तेस्रो संस्करणको मधेश प्रिमियर लिग (एमपीएल) को उद्घाटन खेलमा छिन्मस्ता रूपनी मधेश राइडर्स ले कोशी दुहबी क्यापिटल्सलाई ५६ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
राजविराजस्थित पविमावि खेलमैदानमा मंगलबार भएको खेलमा टस जितेर कोशी दुहबीले छिन्मस्तालाई ब्याटिङको निम्तो दिएको थियो। छिन्मस्ताले १८ ओभरमा ६ विकेट गुमाउँदै १५४ रनको लक्ष्य प्रस्तुत ग¥यो। जसमा शंकर राणाले सर्वाधिक ६५ रन, सन्तोष कार्कीले ३१ र रोहन बिकले २२ रन जोडे।
बलिङतर्फ कोशी दुहबीका कृष्ण कार्की र आकाश त्रिपाठीले समान ३÷३ विकेट लिए।
जवाफमा कोशी दुहबी क्यापिटल्स १३.४ ओभरमै ९८ रनमा अलआउट भयो। इशान पाण्डेले ३७, सोनु अन्सारीले २९ र दीपेश कडेलले १६ रन बनाए। छिन्मस्ताका नारायण जोशी र दिनेश अधिकारीले ३÷३ विकेट, अभिषेक कार्कीले २ र दिवान पुनले १ विकेट लिए।
प्लेयर अफ द म्याच शंकर राणा घोषित भए।
उद्घाटन समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह र एमपीएल अध्यक्ष इन्जिनियर सञ्जीव नारायण यादवले क्रमशः ब्याटिङ र बलिङ गर्दै प्रतियोगिताको शुभारम्भ गरेका थिए।
भोलिको पहिलो खेल सप्तरी बलान बिहुल सुपर किंग्स र छिन्मस्ता रूपनी मधेश राइडर्सबीच हुनेछ भने दोस्रो खेल कोशी दुहबी र काठमाडौं रोयल्सबीच हुनेछ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव