emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

न्याय नपाए सरकारविरुद्ध उत्रने चेतावनी

source e-Madhesh २०८२ वैशाख २ गते , मंगलबार
0
Shares
25
Views
न्याय नपाए सरकारविरुद्ध उत्रने चेतावनी

लिलाकान्त यादव,
काठमाडौं, ०२ बैशाख ।
 वित्तीय पीडितहरूले आफ्ना माग शान्तिपूर्ण ढंगले राख्दै आएको आन्दोलनमाथि सरकारले दमन गरिरहेको भन्दै तीव्र असन्तोष व्यक्त गरेका छन्। मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममार्फत उनीहरूले सरकारलाई चेतावनी दिएका हुन्— यदि आवाज नसुने र दमन जारी राखे आन्दोलन उग्र बन्नेछ।
८८‘सहकारी, लघुवित्त तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’८८द्वारा आयोजित कार्यक्रममा संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको आन्दोलनलाई कमजोरी ठान्नु सरकारको भ्रम भएको बताए। “इतिहासमा उत्पीडित जनता कहिल्यै हारेका छैनन्,“ उनले भने।
सहकारी बचतकर्ता संरक्षण अभियानका अध्यक्ष कुशलव केसीले सरकार र वित्तीय संस्थाहरूबीच भएका सहमतिहरू कागजमै सीमित रहेको र पीडितहरूलाई उल्टै कुटपिट, गिरफ्तारी र दुःख दिइएको भन्दै आक्रोश व्यक्त गरे।
नेशन फस्र्टका अध्यक्ष डा. नन्द काप्रीले वर्तमान सरकारलाई “जनताको होइन, पीडकको संरक्षक“ भन्दै कडा आरोप लगाए। मधेश प्रदेश इन्चार्ज युवराज रसाईलीले मैथिलीमा बोले, “यदि अब पनि न्याय नदिइयो भने गाउँगाउँबाट महाजनहरू लखेटिनेछन्।”
कार्यक्रममा विभिन्न प्रदेशका महिला नेतृ, अभियन्ता र पीडितहरूले पनि न्यायका लागि संघर्षमा ज्यानको बाजी थाप्न तयार रहेको चेतावनी दिएका थिए। कार्यक्रमको सञ्चालन देव कुमार श्रेष्ठले गरेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव