emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नयाँ वर्ष २०८२ मा उपराष्ट्रपति यादवको शुभकामनाः “सांस्कृतिक विविधता र समृद्धिको बाटोमा अघि बढौं“

source e-Madhesh २०८२ वैशाख १ गते , सोमबार
0
Shares
33
Views
नयाँ वर्ष २०८२ मा उपराष्ट्रपति यादवको शुभकामनाः “सांस्कृतिक विविधता र समृद्धिको बाटोमा अघि बढौं“

लिलाकान्त यादव,
राजविराज, ०१ बैशाख ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विक्रम संवत् नयाँ वर्ष २०८२ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा विविधता भित्रको एकता मुलुकको पहिचान भएको उल्लेख गर्दै नयाँ वर्षलाई नव संकल्प, सकारात्मक सोच र सहिष्णुताको माध्यमका रूपमा लिन आह्वान गरेका छन्।
उनले भनेका छन्, “नयाँ वर्ष केवल तिथिको परिवर्तन मात्र होइन, यो नैतिकता, इमानदारी र परिश्रमको साथ समृद्धिको यात्रा तय गर्ने प्रेरणा हो।” उनले नेपालको संवैधानिक मूल्यहरू – लोकतन्त्र, मौलिक अधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रता, न्यायिक निष्पक्षता आदि थप सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नयाँ वर्षले उत्प्रेरणा दिने विश्वास व्यक्त गरे।
सन्देशमा उनले देशभर विभिन्न ढंगले मनाइने नयाँ वर्षका परम्परागत रूपहरू—जस्तै ‘सतुवाइन’, ‘जुडशितल’, ‘बुङगद्यः न्हंवः’, ‘विस्का जात्रा’ र ‘खायु सँल्हु’—ले नेपाली समाजको सांस्कृतिक विविधता र सहिष्णुतालाई बलियो बनाएको उल्लेख गरेका छन्।
उपराष्ट्रपति यादवले जलवायु परिवर्तन, वातावरण संरक्षण, स्रोत व्यवस्थापन, शिक्षा, स्वास्थ्य र आर्थिक सुधारतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याएका छन्। उनले भने, “हामीले नयाँ वर्षलाई आत्ममूल्यांकन र समष्टिगत सुधारको अवसरका रूपमा लिनुपर्छ।”
अन्त्यमा, उनले राष्ट्रिय एकता, भौगोलिक अखण्डता, स्वतन्त्रता र स्वाभिमान जस्ता मूल्यहरूलाई जगेर्ना गर्दै संविधानको समालोचना, सुधार र कार्यान्वयनमा सरकार तथा सरोकारवालाहरू प्रतिबद्ध हुनुपर्ने धारणा राखेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव