emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

हुलाक कार्यालय हुम्लामा करोडौं भ्रष्टाचारको आरोप, शंकर ढकालमाथि कारबाहीको माग

source e-Madhesh २०८१ चैत्र २८ गते , बिहीबार
0
Shares
44
Views
हुलाक कार्यालय हुम्लामा करोडौं भ्रष्टाचारको आरोप, शंकर ढकालमाथि कारबाहीको माग

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २८ चैत्र ।
 हुलाक सेवा विभाग हुम्लाका निमित्त अधिकृत शंकर प्रसाद ढकालले विगत एक दशकदेखि पदको दुरुपयोग गरी करोडौंको भ्रष्टाचार गरेको आरोप सामाजिक अभियान्ता लक्ष्मी ऐडीले लगाएकी छन्।
राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ऐडीले ढकालविरुद्ध प्रमाणसहित गम्भीर आरोप लगाउँदै भनिन्, “उहाँले आफन्त, कार्यकर्ता र नातेदारलाई कागजी रूपमा भर्ति गरी पारिश्रमिक आफैं खाइरहनुभएको छ। यसबारे उजुरी गर्दा सम्बन्धित निकायहरू नै चुप छन्।”
ऐडीले उदाहरणका रूपमा आफ्ना भिनाजु जगवीर रोकायालाई जोगाउने नाममा ढकालले ११ लाखभन्दा बढी घुस खाएको प्रमाण पेश गरिन्। उनले थप आरोप लगाउँदै भनिन्, “हुलाक कार्यालयको दरबन्दी किनबेच गरी ढकालले यो क्षेत्रलाई पूर्ण व्यापारिकरण गर्नुभएको छ। हुलाकी, हल्कारा, र अतिरिक्त कर्मचारीका दरबन्दी बिक्री गरेर नीतिगत भ्रष्टाचार भइरहेको छ।”
उनका अनुसार, हुलाक सेवा विभाग, सञ्चार मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा प्रमाणसहित उजुरी दिए पनि सुनुवाइ हुन नसकेको गुनासो उनले गरेकी छन्। “ढकालमाथि न केवल सरुवा, उहाँलाई बर्खास्त गरेर सम्पत्ति छानबिन गर्नुपर्छ,” ऐडीको माग छ।
ढकालले बारम्बार ११ पटकसम्म हुम्ला कार्यालयमा फर्किनु मिलेमतोको परिणाम भएको दाबी गर्दै ऐडीले ढकाललाई संरक्षण दिने निकायहरू — हुलाक सेवा विभाग, सञ्चार मन्त्रालय, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयविरुद्ध कानुनी कारबाहीको चेतावनीसमेत दिइन्।
उनले हुम्ला हुलाक कार्यालयमा काम गरेका कर्मचारीहरूलाई पारिश्रमिक नदिइएको, तलब आफैंले खाएको, र पीडित कर्मचारीहरूबाटै बक्यौता असुल गर्नुपर्ने माग पनि राखेकी छन्।
“काममा लगाउने, तलब नदिने, अनि बाँकी सबै रकम आफैं खानु — यो चरम दुरुपयोग हो,” ऐडीले भनिन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव