emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा मोटरसाइकल र टिपर ठोक्किँदा एक गम्भीर घाइते

source e-Madhesh २०८१ चैत्र २६ गते , मंगलबार
0
Shares
35
Views
सप्तरीमा मोटरसाइकल र टिपर ठोक्किँदा एक गम्भीर घाइते

लिलाकान्त यादव,
राजविराज, २६ चैत्र ।
 सप्तरीको कञ्चनरुप नगरपालिका–६ बलुवामा मोटरसाइकल र टिपर ठोक्किँदा एक जना युवक गम्भीर घाइते भएका छन्। दुर्घटना मंगलबार दिउँसो साइक्लिस्टलाई जोगाउने प्रयासमा भएको हो।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फत्तेपुरबाट कञ्चनपुरतर्फ गइरहेको टिपर (प्र१–०२–००१ क ३९९८) र विपरित दिशाबाट आइरहेको मोटरसाइकल (प्र२–०१–००१ प ३५४४) साइक्लिस्टलाई जोगाउने क्रममा एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा सप्तकोशी नगरपालिका–९ का २५ वर्षीय धर्मराज मण्डल गम्भीर घाइते भएका छन्। उनको अनुहार र घुँडामा गहिरो चोट लागेको छ। प्रारम्भिक उपचारपछि उनलाई विराटनगरस्थित विराट नर्सिङ होममा रेफर गरिएको छ।
सवारी दुर्घटनापछि साइक्लिस्ट फरार भएका छन्। प्रहरीका अनुसार उनी हालसम्म पहिचान भइसकेका छैनन्।
टिपर चालक इनरुवा नगरपालिका–८ का २५ वर्षीय रमानन्द साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव