emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

शिक्षा संकट अन्त्य गर्न शिक्षा नीति, ऐन र कार्यक्रमको पुनरावलोकन आवश्यक ः उपेन्द्र यादव

source e-Madhesh २०८१ चैत्र २५ गते , सोमबार
0
Shares
41
Views
शिक्षा संकट अन्त्य गर्न शिक्षा नीति, ऐन र कार्यक्रमको पुनरावलोकन आवश्यक ः उपेन्द्र यादव

लिलाकान्त यादव,
राजविराज, २५ चैत्र ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालमा शिक्षा क्षेत्र अत्यन्तै अन्यौल, दिशाहीन र गुणस्तरहीन अवस्थामा उन्मुख रहेको बताएका छन्। उनले यस अवस्थाका लागि नेपाल सरकारको अदूरदर्शी र त्रुटिपूर्ण नीति, ऐन, कानून र व्यवस्थापनलाई जिम्मेवार ठहर गरेका छन्।
उनका अनुसार मुलुकको विकास, परिवर्तन र भविष्यको मूल आधार शिक्षा नै हो। तर, वर्तमानमा देखिएको विकृति, विसंगति, अस्तव्यस्तता र अराजकताले शिक्षा प्रणालीलाई संकटतर्फ धकेलेको स्पष्ट संकेत गरेको उनले बताए।
हाल काठमाडौँमा शिक्षाहरू आफ्ना न्यायोचित मागहरू लिएर आन्दोलनरत छन्। यादवले शिक्षकहरूको आन्दोलनलाई बाध्यात्मक परिणामको रूपमा चित्रण गर्दै,
“सरकारले तत्काल वार्ता गरेर आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छ,”
यादवले वर्तमान शिक्षानीतिमा व्यापक पुनरावलोकनको आवश्यकता रहेको औंल्याउँदै भने,
“शिक्षासम्बन्धी नीति, योजना, ऐन, कानून र कार्यक्रमहरूको समिक्षा गरी त्यसमा आमूल परिवर्तन गर्नुपर्छ।”
उनले समान गुणस्तरीय शिक्षा सबै नागरिकलाई प्रत्याभूत गराउने व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
उपेन्द्र यादवको अभिव्यक्तिले शिक्षा क्षेत्रप्रति सरकारको गैरजिम्मेवारीपन र शिक्षकमाथिको बेवास्तामाथि गहिरो चिन्ता व्यक्त गरेको छ। उनले सरकारलाई दिगो र समावेशी शिक्षानीति निर्माण, शिक्षकहरूसँग संवाद र शिक्षा प्रणालीमा सुधारको तत्काल पहल गर्न प्रेस विज्ञप्ति मार्फत आग्रह गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव