emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेसी नेता गजेन्द्र नारायण सिंहको ९७औं जन्मजयन्तीमा सालिकमा माल्यार्पण

source e-Madhesh २०८१ चैत्र २४ गते , आइतबार
0
Shares
40
Views
मधेसी नेता गजेन्द्र नारायण सिंहको ९७औं जन्मजयन्तीमा सालिकमा माल्यार्पण

लिलाकान्त यादव,
राजविराज, २४ चैत्र ।
नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय नवल किशोर साहले आइतवार रामनवमीको अवसर पारेर मधेसका मसिहा भनेर चिनिने स्व. गजेन्द्र नारायण सिंहको ९७औं जन्मजयन्तीका अवसरमा विभिन्न स्थानमा रहेका सालिकहरूमा माल्यार्पण गर्नुभयो।

सद्भावना पार्टीका संस्थापक अध्यक्ष समेत रहेका स्व. सिंहको योगदानको स्मरण गर्दै मन्त्री साहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित रामपुर, वडा नम्बर ४ मधवापुर चौराहा, र ढोडवा चौकमा रहेका सालिकहरूमा पुष्पमाला अर्पण गर्नुभएको हो।

कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर सैलेश साह, स्थानीय नेता, सामाजिक अगुवा र सर्वसाधारणहरूको उपस्थिति रहेको थियो। सहभागी सबैले स्व. सिंहको मधेस आन्दोलनमा रहेको अग्रणी भूमिका र मधेसको अधिकार र पहिचानका लागि पु¥याएको योगदानको चर्चा गर्दै उहाँको दूरदर्शिता, संघर्षशीलता र लोकतान्त्रिक सोचलाई स्मरण गरे।
नेताहरूले सिंहको विचार र आदर्शलाई पछ्याउँदै मधेसमा सामाजिक न्याय, समानता र समावेशिताको स्थापनाका लागि अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा सहभागीहरुले स्व. सिंहप्रति श्रद्धा प्रकट गर्दै उहाँको योगदानलाई नयाँ पुस्तामा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव