emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रोयल सेकेन्ड्री स्कूलमा कक्षा १२ का विद्यार्थीको विदाई समारोह सम्पन्न

source e-Madhesh २०८१ चैत्र २४ गते , आइतबार
1
Shares
96
Views
रोयल सेकेन्ड्री स्कूलमा कक्षा १२ का विद्यार्थीको विदाई समारोह सम्पन्न

लिलाकान्त यादव
राजविराज, २४ चैत्र ।
हनुमाननगर कंकालिनी नगरपालिका–३, पोर्ताहास्थित रोयल सेकेन्ड्री स्कूलमा कक्षा १२ का विद्यार्थीहरूको विदाई समारोह भव्य रूपमा सम्पन्न भएको छ।


कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल देवनाथ यादवले गर्नुभएको थियो भने मुख्य अतिथि मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश कुमार यादव रहनुभएको थियो। कार्यक्रमको मञ्च सञ्चालन शिक्षक नरेश झाले गर्नुभएको थियो।
समारोहमा सम्पूर्ण शिक्षक, शिक्षिका, विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कक्षा ११ का विद्यार्थीहरूले “टोकन अफ लभ” स्वरूप स्मार्ट गिफ्ट प्रदान गर्दै कक्षा १२ का दाजुभाइ तथा दिदीबहिनीहरूलाई विदाई गरेका थिए। 
शिक्षक श्रवण मंडल, बैजुनाथ मंडल र मनोज यादवले विद्यार्थीहरूलाई उच्च शिक्षामा सफलता र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।   विद्यार्थीहरूले आफ्ना अनुभवहरू बाँड्दै विद्यालयमा बिताएका मीठा क्षणहरूको सम्झना गरेका थिए।
विद्यालय व्यवस्थापनले विद्यार्थीहरूलाई शिक्षा, अनुशासन र परिश्रमलाई जीवनको मूल मन्त्र बनाउन आग्रह गर्यो। मुख्य अतिथि दिनेश कुमार यादवले शिक्षा नै व्यक्तित्व निर्माणको आधार भएको उल्लेख गर्दै सबै विद्यार्थीलाई उच्च शिक्षामा सफल हुने प्रेरणा दिनुभयो।
समापन मन्तव्य दिँदै प्रिन्सिपल यादवले विद्यार्थीहरूलाई मेहनत, अनुशासन, इमानदारी र लगनशीलताका साथ अघि बढ्न सुझाव दिनुभयो।
कार्यक्रम सौहार्दपूर्ण र भावनात्मक वातावरणमा सम्पन्न भएको थियो। विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक र अतिथिहरूको संयुक्त सहभागिताले कार्यक्रममा भव्यता र गहिरो प्रभाव दिएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार