emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादवद्वारा रामनवमी पर्व २०८१ को शुभकामना व्यक्त

source e-Madhesh २०८१ चैत्र २४ गते , आइतबार
0
Shares
31
Views
उपराष्ट्रपति यादवद्वारा रामनवमी पर्व २०८१ को शुभकामना व्यक्त

ईमधेश न्यूज सम्वादादता,
काठमाडौं, २३ चैत्र ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दू धर्मावलम्बीहरुको महान पर्व रामनवमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना व्यक्त गरेका छन्।
एक शुभकामना सन्देशमार्फत उपराष्ट्रपति यादवले भगवान श्रीरामको आदर्श, सत्य, धर्म र मर्यादाप्रतिको आस्थालाई आत्मसात गर्दै देश र समाजमा एकता, प्रगति र समृद्धितर्फ अग्रसर हुने प्रेरणा लिनुपर्ने बताए। रामनवमी केवल धार्मिक पर्व नभई सामाजिक सद्भाव, नैतिकता र अनुशासनको प्रतीक रहेको उल्लेख गर्दै उनले श्रीरामको जीवनबाट सबैले शिक्षा लिनुपर्नेमा जोड दिए।
श्रीरामले जीवनभर सत्य र धर्मको मार्ग अपनाएर आमा–बुवाको सम्मान, कर्तव्यप्रति निष्ठा र समाजमा न्याय स्थापनाको मार्ग देखाएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपाली समाजले पनि यस्तै आदर्श अनुसरण गर्नुपर्ने धारणा व्यक्त गरे।
रामनवमीको अवसरमा गरिने भजन, कीर्तन र उपासनाले नागरिकमा भक्ति, अध्यात्म र नैतिक मूल्यहरुको विकास गर्न सघाउने बताउँदै उनले नेपाली समाजमा मेलमिलाप, भाइचारा, सौहार्द र सहिष्णुताको प्रवद्र्धन गर्न यो पर्वले सहयोग पुगोस् भन्ने कामना समेत गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव