emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

समाजवादी विद्यार्थी युनियन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भैरहवामा सुरु

source e-Madhesh २०८१ चैत्र २३ गते , शनिबार
0
Shares
48
Views
समाजवादी विद्यार्थी युनियन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भैरहवामा सुरु

ईमधेश न्यूज सम्वाददाता
भैरहवा, २३ चैत ।
“शिक्षा, स्वास्थ्य र रोजगार विद्यार्थीको अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो आधार” भन्ने मूल नाराका साथ समाजवादी विद्यार्थी युनियन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन शुक्रबार भैरहवामा सुरु भएको छ। महाधिवेशनको उद्घाटन जसपा नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री माननीय उपेन्द्र यादवले प्रमुख अतिथि रूपमा गर्नुभएको हो भने समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय अध्यक्ष रमेश कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष उपेन्द्र यादवले विद्यार्थीहरूलाई देशको भविष्यको रूपमा उल्लेख गर्दै राजनीतिक चेतना, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वप्रति सचेत रहन प्रेरित गरे। उनले समावेशिता, समानता र न्याय स्थापनामा विद्यार्थी शक्ति अग्रणी बन्नुपर्ने धारणा राखे।
महाधिवेशनमा विभिन्न प्रदेशबाट आएका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। यस अवसरमा संगठन सुदृढीकरण, नीति निर्माण, कार्ययोजना निर्माण तथा नयाँ नेतृत्व चयनबारे छलफल भएको हो।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय नेताहरू, बुद्धिजीवी, शिक्षक, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। महाधिवेशनको २४ गते बन्द सत्र हुनेछ, जहाँ महाधिवेशनका मुख्य एजेन्डामा विस्तृत छलफल र निर्णय गरिने बताइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव