emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

महिला हिंसा नियन्त्रणमा तीनै तहको सरकार गम्भीर बन्नुपर्छ ः मन्त्री साह

source e-Madhesh २०८१ चैत्र २३ गते , शनिबार
0
Shares
31
Views
महिला हिंसा नियन्त्रणमा तीनै तहको सरकार गम्भीर बन्नुपर्छ ः मन्त्री साह

लिलाकान्त यादव,
राजविराज, २३ चैत्र ।
 महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मुलुकमा अझै पनि लैङ्गिक हिंसा व्याप्त रहनु दुर्भाग्यपूर्ण अवस्था भएको बताएका छन्।
शुक्रबार राजविराजस्थित मधेश प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर सम्पर्क कार्यालयको सभाकक्षमा सम्पन्न ‘लैङ्गिक उत्तरदायी अनुसन्धान तथा संचारसीप सम्बन्धी तालिम’को समापन कार्यक्रममा बोल्दै मन्त्री साहले यस्तो बताएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री साहले समाजमा महिलामाथि भइरहेको हिंसा कुनै पनि दृष्टिकोणबाट उपयुक्त नभएको भन्दै यसको नियन्त्रणमा तीन तहकै सरकारले गम्भीरता पूर्वक ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
“देशको कुल जनसंख्याको ५१ प्रतिशत हिस्सा महिलाले ओगटेका छन्,” मन्त्री साहले भने, “महिलाको सहभागिता र विकासबिना मुलुकको समग्र विकास सम्भव छैन।” उनले महिलाहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर प्रदान गरी आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले पनि बोलेका थिए। उनीहरूले लैङ्गिक हिंसा नियन्त्रणमा प्रशासन र सुरक्षाकर्मीको भूमिकाबारे चर्चा गरे।
नेपाल सरकार र एशियाली विकास बैंकको सहकार्यमा सञ्चालित महिला सशक्तिकरण परियोजनाअन्तर्गत नेपाल प्रहरीमा कार्यरत अधिकृत तथा जवानहरूलाई लक्षित गरी आयोजना गरिएको सो तालिम चैत्र १७ गतेदेखि शुरु भएको थियो।
तालिममा सहभागी ३० जना प्रशिक्षार्थी प्रहरीलाई १४ वटा विषयमा विशेष प्रशिक्षण दिइएको थियो। प्रशिक्षणमा यौनजन्य अपराध, जवाफदेहिता, घरेलु हिंसा, लैङ्गिक समानता तथा सामाजिक समावेशिता, कानुनी प्रावधान, लैङ्गिक हिंसा लगायतका विषय समेटिएको थियो।
कार्यक्रम महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा र नेपाल प्रहरीको सहकार्यमा सम्पन्न भएको हो। मन्त्रालयकी अधिकृत दीपिका सिटौलाले तालिमको उद्देश्य र उपलब्धि ‘दयगत जानकारी दिइन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव