emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

लागूऔषध सहित विभिन्न स्थानबाट मानिस नियन्त्रणमा

source e-Madhesh २०८१ चैत्र २२ गते , शुक्रबार
0
Shares
42
Views
लागूऔषध सहित विभिन्न स्थानबाट मानिस नियन्त्रणमा

लिलाकान्त यादव,
राजविराज, २२ चैत्र ।
पछिल्लो समय लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ। बुधबार देशका विभिन्न स्थानबाट प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित सात जना व्यक्तिलाई पक्राउ गरेको छ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट २२० ग्राम हिरोइनसहित चार भारतीय नागरिक पक्राउ परेका छन्। भारत बिहार राज्य मोतिहारी जिल्लाका अमित कुमार श्रीवास्तव, कृष्णा कुमार, सधिर कुमार कुश्वाहा र राजा कुमार यादवलाई विशेष सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी इनर्वाबाट संयुक्त रूपमा खटिएको टोलीले द्यच् ०६ म्भ् ०००७ नम्बरको स्कारपियो चेकजाँच गर्दा लागूऔषधसहित उनीहरूलाई समातेको हो।
त्यसैगरी सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१२ बाँके खोलाको ड्यामबाट भारत सीतामढीका शम्भु कुमार कुशवाहा र संजय ठाकुर शर्मा पक्राउ परेका छन्। उनीहरूबाट ७ किलो २१० ग्राम गाँजा बरामद गरिएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल रोकी चेकजाँच गर्दा लागूऔषध फेला परेको हो।
सर्लाहीकै सागमती नगरपालिका–१२ मा बसोबास गर्ने ७६ वर्षीय मान बहादुर बललाई १६ किलो ५०० ग्राम गाँजासहित प्रहरीले आफ्नै घरबाट नियन्त्रणमा लिएको छ। गाँजा लुकाएर बिक्री वितरण गर्दै आएको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
यसैगरी, सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट ल्इइएज्क्ष्ल्, च्ह् ब्द्यद्यइत् र क्त्भ्च्एब्ः नामका १२ एम्पुल लागूऔषधसहित मनोज शर्मा (२४) र नरेश कुमार यादव (१७) लाई पक्राउ गरिएको छ। मोटरसाइकल चेकजाँचका क्रममा उनीहरू लागूऔषधसहित फेला परेका हुन्।
प्रहरीका अनुसार सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको छ। लागूऔषधको नियन्त्रणमा प्रहरीको सक्रियता उल्लेखनीय देखिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव