emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विद्यापति पुरस्कार कोषद्वारा २०८० र २०८१ वर्षका पुरस्कार वितरण

source e-Madhesh २०८१ चैत्र २१ गते , बिहीबार
0
Shares
50
Views
 विद्यापति पुरस्कार कोषद्वारा २०८० र २०८१ वर्षका पुरस्कार वितरण

पंकज ठाकुर,
जनकपुरधाम, २१ चैत्र ।
 नेपाल सरकारद्वारा वि.सं. २०६८ मा स्थापित विद्यापति पुरस्कार कोषले २०८० तथा २०८१ सालका पुरस्कार विजेताहरूको वितरण गरेको छ। विभिन्न पाँच विधाहरूमा पुरस्कार प्रदान गरिँदै आएको यस कोषले नेपाल विद्यापति मैथिली भाषा साहित्य, कला–संस्कृति, अनुसन्धान, पाण्डुलिपि तथा अनुवाद पुरस्कार वितरण गरेको हो।
नेपाल विद्यापति पुरस्कार कोष सञ्चालक परिषदको मिति २०८१।१२।१७ को निर्णयअनुसार, २०८० र २०८१ वर्षका विजेताहरू रहेका छन । 

 नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार २०८०साल मैथिली विकास कोष, २०८१ साल भोला झा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार २०८० साल राम कुमार मण्डल, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार २०८१ साल दिपा मिथिला आर्ट गैलरी, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कारः २०८० साल विनोद कुमार यादव, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कारः२०८१ साल माला कुमारी कर्ण,  नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कारः २०८० साल श्याम सुन्दर शशि, नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार २०८१ साल काशी कान्त झा, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कारः २०८० साल विद्याधर झा र नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार २०८१ साल श्याम सुन्दर यादव रहेका छन् ।
सो पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता अध्यक्ष रामबाबु चौधरीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सदस्य सचिव ध्रुव कुमार मण्डल अमातले गरेका थिए।
यस अवसरमा पुरस्कार चयन समितिका अध्यक्ष सतिश दत्त, डा. सूर्य प्रसाद यादव, रामचन्द्र झा लगायतका व्यक्तित्वहरूलाई विद्यापति तस्वीर र क्यालेन्डर प्रदान गरेर सम्मान गरिएको थियो।
यो पुरस्कारले मैथिली भाषा, साहित्य, कला, अनुसन्धान तथा अनुवाद क्षेत्रका स्रष्टाहरूलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव