emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विद्यालय शिक्षा विधेयक २०८० शीघ्र पारित गर्न शिक्षक समुदायको आग्रह

source e-Madhesh २०८१ चैत्र २१ गते , बिहीबार
0
Shares
29
Views
विद्यालय शिक्षा विधेयक २०८० शीघ्र पारित गर्न शिक्षक समुदायको आग्रह

लिलाकान्त यादव
काठमाडौं, २१ चैत्र .
विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० हाल प्रतिनिधिसभामा छलफल प्रक्रियामा रहेको छ। यसलाई चाँडो पारित गर्नुपर्ने माग राख्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूले निरन्तर ध्यानाकर्षण गराउँदै आएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा का अनुसार शिक्षक समुदायको चासो स्वाभाविक रहेको भन्दै विधेयक समयमै पारित गर्न आवश्यक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
“शिक्षक समुदायको पैरवी, सरोकार र ऐक्यबद्धतालाई मन्त्रालयले सकारात्मक रूपमा लिएको छ। शिक्षक प्रतिनिधिहरूसँग आवश्यक परामर्श गरी विधेयकको मस्यौदा तयार पारिएको हो,“ सापकोटाले भने।
उनका अनुसार संसदमा विधेयक पेश हुने, छलफल हुने र पारित हुने विधायकी प्रक्रियासँग सम्बन्धित कानुनी प्रावधानबारे सबैलाई जानकारी छ। तथापि, शिक्षक समुदायसँग पुनः छलफल गर्न सरकार तयार रहेको भन्दै, शिक्षक तथा कर्मचारी प्रतिनिधिहरूलाई छलफलका लागि मन्त्रालयमा स्वागत गरिने उनले स्पष्ट पारे।
शिक्षक महासंघलगायत विभिन्न शिक्षक संगठनहरूले विधेयक चाँडो पारित नगरे कडा आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन्। उनीहरूले स्थायी नियुक्ति, सेवा–सुविधा, सरुवा र पदोन्नति जस्ता विषयमा अन्योल रहेको भन्दै विधेयकलाई शिक्षकमैत्री बनाउनुपर्ने माग राखेका छन्।
विद्यालय शिक्षा विधेयक स्वीकृतिको प्रतीक्षामा रहेका शिक्षक समुदाय र सरोकारवालाहरूलाई सकारात्मक सन्देश प्रवाह गर्न मन्त्रालय निरन्तर सहकार्यको पक्षमा रहेको प्रवक्ता सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव