emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सानो उमेरमा ठूलो मनः अनाथ बालबालिका लक्ष्यजीत र समृद्धिलाई सहयोग

source e-Madhesh २०८१ चैत्र २१ गते , बिहीबार
0
Shares
40
Views
सानो उमेरमा ठूलो मनः अनाथ बालबालिका लक्ष्यजीत र समृद्धिलाई सहयोग

ईमधेश न्यूज सम्वाददाता,
भक्तपुर, २१ चैत्र ।
 भक्तपुर नगरपालिकाको दरबार क्षेत्रस्थित बालमन्दिर आधारभूत विद्यालयका २३ जना अनाथ बालबालिकालाई लक्ष्यजीत मल्ल (कक्षा ७) र समृद्धि मल्ल (कक्षा ५) ले शैक्षिक सामग्री र आवश्यक सामानहरू प्रदान गरेका छन्।
काठमाडौंको काँडाघारीमा अध्ययनरत यी दाजु–बहिनीले झोला, कापी, कलम, पेन्सिल, कटर, पोशाक, जुत्ता, मोजा तथा नगद सहयोग गरेका हुन्। उनीहरूले स्वर्गीय हजुरआमा लोचनाकुमारी मल्ल (विद्यालयकी पूर्व प्रिन्सिपल) को सम्झनामा यो सहयोग गरेका हुन्।
विद्यालयकी प्रधानाध्यापिका न्हुछेंलक्ष्मी गोराका अनुसार विद्यालयमा नर्सरीदेखि कक्षा १ सम्म अध्ययनरत २३ जना सबै अनाथ बालबालिका विद्यालयमै बस्छन्, खान्छन् र पढ्छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोरा प्रमुख अतिथिका रूपमा कार्यक्रममा उपस्थित थिए। उनले लक्ष्यजीत र समृद्धिको योगदान प्रेरणादायी भएको बताए।
यसअघि पनि विभिन्न विद्यालयहरूमा सहयोग गरिसकेका लक्ष्यजीत र समृद्धिले सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता देखाएका छन्। समृद्धिले भनिन्, “दानको महत्व बुझेकाले आफूभन्दा साना बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको छ।”
विद्यालयमा सरकारद्वारा नियुक्त तीन शिक्षक (दुई जना दृष्टिविहीन) र तीन जना सहयोगी कर्मचारी कार्यरत छन्। बालबालिकाहरूले प्राप्त सहयोगप्रति खुशी व्यक्त गरेका छन्। कार्यक्रमको संयोजन प्रेमध्वज मोक्तानले गरेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव