emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा गणतन्त्रको समर्थनमा एमालेद्वारा मोटरसाइकल ¥याली

source e-Madhesh २०८१ चैत्र १८ गते , सोमबार
0
Shares
36
Views
सप्तरीमा गणतन्त्रको समर्थनमा एमालेद्वारा मोटरसाइकल ¥याली

भूपदेव माली
राजविराज, १८ चैत्र ।
सप्तरीको राजविराजमा गणतन्त्रको समर्थनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विशाल मोटरसाइकल ¥याली गरेको छ।
राजावादी समूहहरूको गतिविधिको विरोध गर्दै शक्ति प्रदर्शनस्वरूप सोमबार नेकपा एमालेद्वारा मोटरसाइकल ¥याली निकालिएको हो।

हजारौंको सङ्ख्यामा रहेका मोटरसाइकल सवारहरूले “नेकपा एमाले – जिन्दाबाद!“, “प्रतिगमन शक्ति – मुर्दावाद!“, “गणतन्त्र – जिन्दाबाद!“ जस्ता नारा लगाउँदै राजविराजको मदननगरस्थित एमाले पार्टी कार्यालयबाट सुरु भई अदालत रोड, नेता चौक, क्षेत्रीगाछी मोड हुँदै नहरको बाटोबाट बिहारपुरतर्फ गएका थिए। अन्ततः पुनः नेता चौकमा आएर कोणसभामा परिणत भएको थियो।
कोणसभाको सञ्चालन नगर अध्यक्षले गरेका थिए भने एमालेका सप्तरी जिल्ला अध्यक्ष ताराकान्त चौधरी तथा पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल ले सम्बोधन गरेका थिए।
नेता प्याकुरेलले भने, “जब कुनै पनि देशका राजाले जनतामाथि शोषण र दमन गर्न थाल्छन्, तब त्यहाँका जनता ती राजालाई उखालेर फाल्छन् भन्ने इतिहास छ। नेपालमा पनि राजाहरूले जनता शोषण गरेकाले लोकतन्त्र स्थापना भएको हो। अहिले केही राजावादीहरूले पुनः राजसंस्थालाई फर्काउने प्रयास गरिरहेका छन्, तर यो असम्भव छ। नेपाली जनता सचेत छन्, उनीहरूलाई विकास चाहिएको छ, र विकासका लागि गणतन्त्र अपरिहार्य छ। त्यसैले हामी सबै गणतन्त्रवादीहरू एक हुनैपर्छ।“
कार्यक्रममा उपस्थित नेताहरूले गणतन्त्रको रक्षा गर्न सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव