emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नागरिक अधिकार( Citizen’s Right )

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
40
Views
नागरिक अधिकार( Citizen’s Right )

 कुनै पनि राष्ट्रको आधिकारिक नागरिकता प्राप्त गरेको व्यक्ति नागरिक हो । नागरिक विनाको देश हुदैन । समाज र मुलुकको सफलता असल नागरिक माथि भर पर्दछ । नागरिकले समाजिक, राजनीति लगायतका अधिकार पाउनुको साथै निश्चित कर्तव्यमा रहनुपर्ने हुन्छ ।अरुलाई बाधा, मर्का नपर्ने गरी आफ्नो हकको प्रयोग गर्नु नै अधिकार हो ।
यसका साथै कानून द्वारा घोषित अधिकारलाई मौलिक हक (Fundamental Rights) नागरिक हक ( Citizen’s Right ) वा नागरिक अधिकार भनिन्छ । यस्ता अधिकारहरुको उपयोग गर्न राज्यले अनुमति दिन्छ । सार्वजानिक सम्पतिहरु सडक , पार्क , मठमन्दिर आदी प्रयोग गर्न सवैको अधिकार भएको हुनाले सडकमा जथाभावी समान राख्नु , मठ मन्दिर , पार्क , फोहर बनाउनु हाम्रो अधिकारको दुरुपयोग गर्नु हो । नागरिकको मार्यादित, सम्मानजनक र गुणस्तरीय जीवनयापनका लागी अधिकारको आवश्यकता पर्दछ । हरेक मुलुकले नागरिक सम्बन्धी आमधारणा आफ्नो संविधानमा उल्लेख गरेको हुन्छन् ।मुलुकको नागरिक भई सकेपछि सम्मानपूर्वक बाँच्न पाउने हक सूचनाको हक, भेदभाव विरुद्धको हक, स्वास्थ्य सम्बन्धी हक, शिक्षा सम्बन्धी हक, रोजगारीको हक र खाद्य सम्बन्धी हकहरु लगायत ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ । देशमा संकटकालिन अवस्थामा मौलिक वा नागरिक अधिकारहरु निलम्बन हुन सक्ने भए संरक्षण को लागी सिधै सर्वोच्च अदालतमा रिट दायर गर्न सकिने भएकोले यसलाई उच्च कोटीको अधिकार भनिन्छ । राज्यले नागरिकलाई निश्चित अधिकार प्रत्याभूत गरे मात्र विकास गर्न सक्छन् । व्यक्तित विकास र निर्वाध जीवनयापनका लागि अधिकार प्राप्त हुनु आवश्यक छ । गाँस ( खाना ) , बास , कपास ( कपडा ) र सुरक्षा तथा न्याय पाउनु हाम्रो अधिकार हो । यसरी राज्यको उदेश्य नागरिकलाई जिउन योग्य बनाउनु हो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव