emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

संयुक्त विद्यार्थी संगठनद्वारा हिंसात्मक घटनाको विरोध

source e-Madhesh २०८१ चैत्र १८ गते , सोमबार
0
Shares
39
Views
संयुक्त विद्यार्थी संगठनद्वारा हिंसात्मक घटनाको विरोध

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १८ चैत्र ।
 संयुक्त विद्यार्थी संगठनहरूले २०८१ चैत १५ गते कथित राजावादी समूहद्वारा आयोजित प्रदर्शनको क्रममा भएको हिंसात्मक गतिविधि, आगजनी, पत्रकार हत्या, तोडफोड र लुटपाट जस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
विद्यार्थी संगठनहरूले जनताको असन्तुष्टिलाई दुरुपयोग गरी प्रतिगमनको दुष्प्रयास गर्न खोजिएको भन्दै उक्त कदमलाई अस्वीकार गर्ने बताएका छन्। उनीहरूले वर्तमान यथास्थितिको विकल्प अग्रगमन हुनुपर्ने र पश्चगमन स्वीकार्य नभएको स्पष्ट पारेका छन्।
संयुक्त विद्यार्थी संगठनहरूले हिंसात्मक घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाका मुख्य योजनाकारहरू ज्ञानेन्द्र शाह, पूर्व पञ्च तथा सम्पूर्ण संलग्नहरूलाई छानबिन गरी कडा कारबाहीको माग गरेका छन्।
त्रिभुवन विश्वविद्यालयमा सरकारी हस्तक्षेपको विरोध
संयुक्त विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशर जङ्ग बरालको राजिनामाप्रति पनि गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनीहरूले सरकारले विश्वविद्यालयमा चरम राजनीतिक हस्तक्षेप गर्दै आएको आरोप लगाउँदै यस्तो हस्तक्षेप रोक्न माग गरेका छन्।
विद्यार्थी संगठनहरूले राजनीतिक भागबण्डाका कारण विश्वविद्यालय तहसनहस हुन लागेको भन्दै आगामी दिनमा यस्ता हस्तक्षेप दोहोरिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
उनीहरूले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र भागबण्डामुक्त बनाउन सरकारसँग जोडदार माग गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव