emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादव द्वारा ईद–उल–फित्रको अवसरमा शुभकामना व्यक्त

source e-Madhesh २०८१ चैत्र १८ गते , सोमबार
0
Shares
44
Views
उपराष्ट्रपति यादव द्वारा ईद–उल–फित्रको अवसरमा शुभकामना व्यक्त

लिलाकान्त यादव,
काठमाडौं, १८ चैत्र ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादव ले इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद–उल–फित्र को अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली इस्लाम धर्मावलम्बीहरूलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य को शुभकामना व्यक्त गरेका छन्।
उपराष्ट्रपति यादवले दिएको शुभकामना सन्देशमा ईद–उल–फित्र ले भाइचारा, मेलमिलाप, सहिष्णुता र सामाजिक सद्भाव को भावना बढाउने उल्लेख गरेका छन्। उनले यो पर्वले असहाय, गरीब तथा सहयोगको आवश्यक पर्नेहरूलाई मद्दत गर्न उत्प्रेरित गर्ने बताउँदै यस पर्वको सांस्कृतिक र सामाजिक महत्त्व उजागर गरेका छन्।
रमजान महिनाको उपवास (रोजा) सम्पन्न गरेपछि विशेष नमाज, इफ्तार, नयाँ कपडा, परिकार आदान–प्रदान तथा दान गर्ने परम्परासहित ईद–उल–फित्र मनाइन्छ।
उपराष्ट्रपति यादवले ईद पर्वले राष्ट्रिय एकता, सांस्कृतिक ऐक्यवद्धता र सामाजिक न्यायलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै, यस पर्वले समृद्ध, सभ्य र शान्त समाज निर्माणमा योगदान पु¥याओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव