emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जनकपुर हत्याकाण्डः प्रहरी र स्थानीयबीच झडप, दर्जनौं घाइते

source e-Madhesh २०८१ चैत्र १७ गते , आइतबार
0
Shares
31
Views
जनकपुर हत्याकाण्डः प्रहरी र स्थानीयबीच झडप, दर्जनौं घाइते

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम,  १७ चैत ।
 जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा १७ वर्षीय आंशु यादव हत्याकाण्डको विरोधमा उत्रिएका स्थानीय र प्रहरीले झडप भएको छ।
स्थानीयले जनकपुरधाम–जलेश्वर सडक अवरुद्ध गरी विरोध गरेपछि प्रहरीले बल प्रयोग गर्दा स्थिति तनावग्रस्त बन्यो। दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरिएको छ भने एक दर्जनभन्दा बढी स्थानीय र प्रहरी घाइते भएका छन्। झडपका क्रममा लाठी प्रहारबाट एक महिलाको टाउको फुटेको छ।

१५ दिनअघि होलीको दिन यादवको छुरा प्रहार गरी हत्या गरिएको थियो। एक आरोपी पक्राउ परे पनि अन्य ६ जना अझै फरार छन्, जसलाई प्रहरीले पक्राउ गर्न आलटाल गरेको भन्दै स्थानीय आक्रोशित छन्।
स्थानीयले टायर बालेर चक्काजाम गर्दै निष्पक्ष छानबिन र हत्याराको गिरफ्तारीको माग गरेका छन्। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ, स्थिति अझै तनावग्रस्त रहेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव