emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

छिन्नमस्ता गाउँपालिकामा सौर्य ऊर्जा र हाइब्रिड सिंचाई आयोजना निर्माण हुने

source e-Madhesh २०८१ चैत्र १२ गते , मंगलबार
0
Shares
27
Views
छिन्नमस्ता गाउँपालिकामा सौर्य ऊर्जा र हाइब्रिड सिंचाई आयोजना निर्माण हुने

आर.एन.मेहता,
राजविराज, १२ चैत्र ।
 छिन्नमस्ता गाउँपालिकामा ६ करोड ५० लाख रुपैयाँ लागतमा अत्याधुनिक सौर्य ऊर्जा र हाइब्रिड कृषि सिंचाई आयोजना निर्माण हुने भएको छ। गाउँपालिका र दातृ निकायको संयुक्त लगानीमा सञ्चालन हुने यो परियोजनामा गाउँपालिकाले २० प्रतिशत तथा दातृ निकायले ८० प्रतिशत लगानी गर्नेछ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार छिन्नमस्ता–५, लोखरम फुलकाही चौरी क्षेत्र र वरपरको ४००–६०० विगाहा जमिनमा यो परियोजना कार्यान्वयन गरिनेछ। सिंचाई सुविधा अभावका कारण उत्पादनमा सीमित किसानहरूको आर्थिक अवस्थामा परिवर्तन ल्याउने लक्ष्यसहित परियोजना अघि बढाइएको छ।
परियोजनाका विशेषताहरूःमा सौर्य ऊर्जा र हाइब्रिड मोडल सिंचाई प्रणाली मार्फत दिनभर सौर्य ऊर्जा र राति विद्युत ग्रिडमार्फत पानी प्रवाह, करिब ८०० विगाहा जमिनमा नियमित सिंचाई, जसले किसानको आर्थिक स्तर उकास्ने, ५, ६, ३ नं. वडाका कृषकलाई निःशुल्क सिंचाई सुविधा र स्थानीय रोजगारी सिर्जना गर्दै आधुनिक कृषिको प्रवद्र्धन गर्नेछ ।
गाउँपालिकाले आवश्यक प्राविधिक कर्मचारीको व्यवस्थापन गर्ने र दातृ निकायले चार चरणको अध्ययनपछि ठेक्का प्रक्रिया अघि बढाउने जनाएको छ। यस परियोजनाले छिन्नमस्तालाई हरियाली, उत्पादक र आत्मनिर्भर कृषि क्षेत्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव