emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जनमतका शीर्ष नेतासहित दुई सय बढी नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश

source e-Madhesh २०८१ चैत्र १० गते , आइतबार
0
Shares
29
Views
जनमतका शीर्ष नेतासहित दुई सय बढी नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश

ईमधेश न्यूज सम्वाददाता,
भैरहवा, १० चैत्र ।
 जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशमा अझ बलियो बन्दै गएको छ। शनिबार भैरहवामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी, र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेतृत्वसहित करिब २०० नेता कार्यकर्ताले जसपा नेपालमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ले अबिर र फूलमालाले स्वागत गरे। उनले पार्टी विगतमा विभिन्न प्रतिगामी षड्यन्त्रको शिकार भएपनि लुम्बिनी प्रदेशमा अझ सशक्त भएर अघि बढिरहेको बताए।
जनमत पार्टीका कार्यकारिणी सदस्य एवं जनजाति आदिवासी महासंघका अध्यक्ष कैलाश गुरुङ तथा कार्यकारिणी समिति सदस्य निलम यादव सहित जनमत पार्टीको टोली जसपा नेपालमा प्रवेश गरेको छ। साथै, नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपाका स्थानीय प्रभावशाली नेताहरूले पनि आ–आफ्ना पार्टी त्यागेर जसपा नेपाल रोजेका छन्।
पहिचान, समानुपातिक समावेशीकरण, र सामाजिक न्यायको मुद्दामा अडिग रहेको जसपा नेपाल नै समग्र राष्ट्रको नेतृत्व गर्न सक्षम एकमात्र विकल्प भएको नवप्रवेशीहरूको भनाइ छ। अध्यक्ष यादवको हातबाट टिका लगाएर नवप्रवेशीहरूले पहिचान र अधिकारका मुद्दामा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
सरकारले बलजफ्ती ल्याउन खोजेको भूमिसम्बन्धी अध्यादेशलाई राष्ट्रघाती भन्दै त्यसको विरोध गरेपछि जसपा नेपाल जनताबीच अझ बढी विश्वासिलो शक्ति बनेको छ। जसपा नेपालले जनताको पक्षमा अडिग अडान लिएको कारण अन्य दलका कार्यकर्ताहरू पनि पार्टीमा प्रवेश गर्न आकर्षित भएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव