emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति द्वारा विश्व पानी दिवस २०२५ को शुभकामना

source e-Madhesh २०८१ चैत्र ९ गते , शनिबार
0
Shares
35
Views
उपराष्ट्रपति द्वारा विश्व पानी दिवस २०२५ को शुभकामना

लिलाकान्त यादव,
काठमाडौं, ०९ चैत्र ।
विश्व पानी दिवस, २०२५ (२२ मार्च) को यस महत्वपूर्ण अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसंघको विश्वव्यापी पहल हो। सुरक्षित र स्वच्छ पानीको व्यवस्थापनका लागि आवश्यक रणनीतिहरू अवलम्बन गर्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले महत्त्वपूर्ण भूमिका खेल्छ।
यस वर्षको विश्व पानी दिवसको नारा ‘ग्लेशियर प्रिजर्भेसन (हिमनदी संरक्षण)’ रहेको छ। हिमनदीहरू हाम्रो जीवनका महत्वपूर्ण हिस्सा हुन्, जसले कृषि, उद्योग, नवीकरणीय ऊर्जा उत्पादन र पारिस्थितिक सन्तुलन कायम राख्न महत्त्वपूर्ण योगदान पु¥याउँछन्। बढ्दो जलवायु परिवर्तनको प्रभावले हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको अवस्थामा रहेका छन्, जसले दीर्घकालीन रूपमा पानीको स्रोतलाई संकटमा पार्ने खतरा छ।
बढ्दो शहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, अत्यधिक पानीको उपयोग, कमजोर व्यवस्थापन, प्रदूषण, अपर्याप्त संरचना, र सरोकारवालाहरूको कम सहभागिताका कारण पानीको संकट गहिरिँदै गएको छ। पानीको अभावले पारिस्थितिक प्रणालीलाई बाधा पु¥याउँदै खाद्य तथा पानी सुरक्षामा समेत चुनौती उत्पन्न गरिरहेको छ।
नेपालमा विशेषगरी तराई–मधेसमा भूमिगत पानीको स्तर गहिरिँदै गएको छ। बढ्दो जनसंख्या र अनियन्त्रित जल उपयोगका कारण खानेपानी र सिंचाइका लागि पानीको अभाव देखिन थालेको छ। पहाडी क्षेत्रमा रहेका धेरै झरनाहरू सुकेका छन्, नदी तथा मूल स्रोतहरूमा पानीको सतह घट्दै गएको छ, जसले दीर्घकालीन रूपमा हाम्रो वातावरण र जीविकोपार्जनमा असर पु¥याउनेछ।
हामी सबैले पानीको दिगो व्यवस्थापन, संरक्षण, पुनःभरण, र समुचित उपयोगको लागि सक्रिय भूमिका खेल्न आवश्यक छ। प्राकृतिक जल स्रोतहरूको संरक्षण र पुनस्र्थापना गर्दै भावी पुस्ताका लागि सुरक्षित र स्वच्छ पानीको सुनिश्चितता गर्न आजैबाट पहल गरौं।
विश्व पानी दिवस २०२५ ले हामी सबैलाई जल संरक्षण तथा समुचित उपयोगका लागि प्रेरित गराओस् भन्ने कामना गर्दै पुनः शुभकामना व्यक्त गर्दछु।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव