emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

७ सय ७५ छाउगोठ भत्काइए, छाउपडी प्रथा अन्त्य गर्न ः मन्त्री सुडी

source e-Madhesh २०८१ चैत्र ८ गते , शुक्रबार
0
Shares
24
Views
७ सय ७५ छाउगोठ भत्काइए, छाउपडी प्रथा अन्त्य गर्न ः मन्त्री सुडी

मधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०८ चैत्र ।  
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिसोर शाह सुडीले कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ७७५ छाउगोठ भत्काइएको बताएका छन्।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री सुडीले छाउपडी कुप्रथा अन्त्य गर्न कानूनी तथा सामाजिक प्रयासहरू भइरहेको बताए।
उनका अनुसार, कर्णाली प्रदेशमा जाजरकोटमा १, कालिकोटमा १५, सुर्खेतमा २९७ छाउगोठ भत्काइएका छन्। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा बझाङमा २०, कैलालीमा ६९, बाजुरामा १६८ र अछाममा २२१ छाउगोठ भत्काइएको छ।
छाउगोठमा बस्नेलाई कानूनी दायरामा ल्याउन मुलुकी संहिता, २०७४ को प्रभावकारी कार्यान्वयन गरिएको मन्त्री सुडीले बताए। उनले समुदाय–प्रहरी साझेदारीमार्फत महिला हिंसा तथा छाउपडी कुप्रथाविरुद्ध अभियान सञ्चालन गरिएको जानकारी दिए।
समाजमा व्याप्त महिनावारीसम्बन्धी हानिकारक परम्परा अन्त्य गर्न तीन तहका सरकारबीच समन्वय गरी सचेतनामूलक तथा सामाजिक परामर्शका कार्यक्रम सञ्चालन गरिएको उनले बताए। साथै, मर्यादित महिनावारीसम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारिएको पनि मन्त्री सुडीले जानकारी गराए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव