emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा दुई केन्द्राध्यक्षसहित २६ जनालाई कारबाही

source e-Madhesh २०८१ चैत्र ७ गते , बिहीबार
0
Shares
38
Views
सप्तरीमा दुई केन्द्राध्यक्षसहित २६ जनालाई कारबाही

लिलाकान्त यादव,
राजविराज, ०७ चैत ।
सप्तरीमा बिहिवार देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यद्यपि, केही केन्द्रमा मर्यादाविपरीत कार्य गरेको पाइएपछि दुई केन्द्राध्यक्षसहित २६ जनालाई कारबाही गरिएको छ।
जिल्ला परीक्षा सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा खटिएको अनुगमन टोलीले विष्णुपुर र हनुमाननगरका परीक्षा केन्द्रहरूमा अनियमितताहरू पत्ता लगाएका थिए। विष्णुपुरको जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरमा कोठा नम्बर १, ७, र ८ मा एउटै विद्यालयका परीक्षार्थी राखेर मर्यादाविपरीत कार्य गरेको पाइएको थियो। त्यहाँका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र कोठा निरीक्षकलाई कारबाही गरिएको छ।
हनुमाननगरको महावीर माध्यमिक विद्यालयमा प्रश्नपत्रका उत्तरका चिटहरू बरामद भएपछि त्यहाँका केन्द्राध्यक्ष र अन्य अधिकारीहरूलाई पनि कारबाही गरिएको छ।
पहिलो दिनको एसईई परीक्षा अनिवार्य अंग्रेजी विषयमा सम्पन्न भएको हो र ३७ वटा परीक्षा केन्द्रमा यो परीक्षा सञ्चालन भएको छ। यस वर्ष सप्तरीबाट ८,७१५ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन्। परीक्षा सञ्चालनको क्रममा सुरक्षाका लागि ५५५ जना सुरक्षाकर्मी र १६२ जना कार्यालय सहयोगी खटिएका छन्।
प्रमुख शशि यादवका अनुसार, सुरक्षाका कारण पहिलो दिन कुनै पनि अमर्यादित गतिविधि भएन र परीक्षालाई निष्पक्ष र मर्यादित बनाउन ध्यान दिइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव