emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रजिस्टार ठाकुर पुनः कार्यभारमा, मधेश कृषि विश्वविद्यालयमा उत्साह

source e-Madhesh २०८१ चैत्र ७ गते , बिहीबार
0
Shares
34
Views
रजिस्टार ठाकुर पुनः कार्यभारमा, मधेश कृषि विश्वविद्यालयमा उत्साह

मधेश न्यूज सम्वाददाता,
जनकपुरधाम ०७ चैत्र ।
 सर्वोच्च अदालतको अन्तरिम आदेशपछि मधेश कृषि विश्वविद्यालयका रजिस्टार श्रीभगवान ठाकुर पुनः कार्यभारमा फर्किएका छन्। नौ महिनादेखि अवरुद्ध रहेको पठनपाठन र प्रशासनिक कार्य पुनः सुचारु हुने भएपछि शिक्षक, कर्मचारी र विद्यार्थीहरूमा उत्साह छाएको छ।
रजिस्टार ठाकुरले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि व्यवस्थित गर्ने, अवरुद्ध परीक्षाहरू सञ्चालन गर्ने र शिक्षक–कर्मचारीको तलबभत्ता तुरुन्त उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार कृषि क्षेत्रको विकासबिना मधेशको समृद्धि सम्भव छैन र यसलाई प्राथमिकताका साथ अघि बढाइनेछ।
विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूले ठाकुरलाई फूलमाला र सम्मानसहित स्वागत गरे। विद्यार्थीहरूले चाँडै परीक्षाहरू सञ्चालन गर्न माग गरेका छन् भने शिक्षक–कर्मचारीहरूले तलबभत्ता रोक्का फुकुवा गर्न जोडदार आग्रह गरेका छन्।
रजिस्टार ठाकुरले सम्पूर्ण सरोकारवालासँग सहकार्य गर्दै विश्वविद्यालयलाई गतिशील बनाउने प्रतिज्ञा व्यक्त गरे। उनका अनुसार न्याय अझै जीवित छ र यो निर्णयले विश्वविद्यालयमा सुशासन पुनः स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव