emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

स्ववियु अध्यक्षमा पुनः रञ्जित कुमार यादव निर्वाचित

source e-Madhesh २०८१ चैत्र ६ गते , बुधबार
0
Shares
68
Views
स्ववियु अध्यक्षमा पुनः रञ्जित कुमार यादव निर्वाचित

लिलाकान्त यादव,
राजबिराज, ०६ चैत्र ।
 महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस (मबिव) राजबिराजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा समाजवादी विद्यार्थी युनियनका रञ्जित कुमार यादव पुनः अध्यक्षमा निर्वाचित भएका छन्।
रञ्जित यादवले ३९३ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि विजय हासिल गरेका हुन्। उनी समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल क्रान्तिकारीको साझा उम्मेदवार थिए।
स्वतन्त्र उम्मेदवार बिनय यादव ३३२ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेका छन् भने अनेरास्ववियुकी मनिषा कुमारी साह ३३१ मत ल्याउँदै तेस्रो स्थानमा रहेकी छन्।
यसरीनै सचिवमा मुकेश कुमार साह ३९५ मत र कोषाध्यक्षमा कञ्चन कुमारी ठाकुर ४१० मत ल्याई विजय भएका छन ।
निर्वाचनमा कुल मतदाताः २,७३१ रहेकोमा  १,२७२ मतदान भएको थियो ।
विजयपछि अध्यक्ष यादवले क्याम्पसको शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विद्यार्थीहरूका हकअधिकार सुनिश्चित गर्दै शिक्षा र क्याम्पस सुधारको एजेन्डालाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन्।
स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। विद्यार्थी, सुरक्षाकर्मी, निर्वाचन समिति तथा विभिन्न विद्यार्थी संगठनहरूले निर्वाचनलाई निष्पक्ष बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।
नवनिर्वाचित विद्यार्थी प्रतिनिधिहरूले अब क्याम्पस सुधारका लागि ठोस कार्ययोजना अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव