emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रोयल सेकेन्ड्री स्कूलमा कक्षा १० का विद्यार्थीको विदाई समारोह सम्पन्न

source e-Madhesh २०८१ चैत्र ४ गते , सोमबार
0
Shares
33
Views
रोयल सेकेन्ड्री स्कूलमा कक्षा १० का विद्यार्थीको विदाई समारोह सम्पन्न

लिलाकान्त यादव,
राजविराज, ०४ चैत्र ।
 हनुमाननगर कंकालिनी नगरपालिका–३, पोर्ताहास्थित रोयल सेकेन्ड्री स्कूल मा कक्षा १० का विद्यार्थीहरूको विदाई समारोह भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल देवनाथ यादवको अध्यक्षता गर्नु भएको थियोे भने प्रमुख अतिथि मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश कुमार यादव हुनुहुन्थ्यो।
त्यस्तै, विशिष्ट अतिथिको रुपमा अभिभावक देवकृष्ण साह र पुर्व प्र.अ. तथा समाजसेवी जयसुन्दर खिडहरी यादव रहनुभएको थियो।
कार्यक्रमको मञ्च सञ्चालन शिक्षक नरेश झाले गर्नुभएको थियो।
विद्यालयका शिक्षकहरू प्रभु नारायण यादव, मनोज कुमार यादव, श्रवण मंडल, दीपक यादव लगायत सम्पूर्ण शिक्षक, शिक्षिका, विद्यार्थीहरूको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो।
देवकृष्ण साहले कक्षा १० का विद्यार्थीहरूलाई कापी र डटपेन वितरण गर्नुभएको थियो।
कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का दाजुभाइ तथा दिदीबहिनीहरूलाई “टोकन अफ लभ“ स्मार्ट प्रदान गर्दै विदाई गरेका थिए। कक्षा १० का विद्यार्थीहरूले विद्यालयलाई स्मार्ट टिभी प्रदान गरेका थिए ।
विद्यालयका शिक्षकहरूले कक्षा १० का विद्यार्थीहरूलाई उच्च शिक्षामा सफलताको शुभकामना व्यक्त गरे।
विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए।
विद्यार्थीहरूले आफ्नो अनुभव बाँड्दै विद्यालयका मीठा सम्झनाहरू सम्झिएका थिए।
विद्यालय व्यवस्थापनले कक्षा १० का विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै शिक्षा, अनुशासन र परिश्रमलाई जीवनको मूल मन्त्र बनाउन आग्रह गर्यो।
मुख्य वक्ताहरूका मन्तव्य
प्रिन्सिपल देवनाथ यादवले समापन मन्तव्य राख्दै विद्यार्थीहरूलाई मेहनत, अनुशासन, इमानदारी र लगनशीलताका साथ अघि बढ्न सुझाव दिनुभयो।
विशिष्ट अतिथि दिनेश कुमार यादवले शिक्षा नै व्यक्तित्व निर्माणको आधार भएको बताउँदै उच्च शिक्षामा सफल हुन प्रेरित गर्नुभयो।
शिक्षक प्रभु नारायण यादवले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्नुभयो।
श्रवण मंडलले मेहनत, परिश्रम र लगनशीलताले मात्र सफलता प्राप्त गर्न सकिने भन्दै विद्यार्थीहरूलाई प्रोत्साहित गर्नुभयो।
कार्यक्रम अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक र अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई भव्यता प्रदान गर्यो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव