emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जसपा नेपालमा वृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न

source e-Madhesh २०८१ चैत्र ३ गते , आइतबार
0
Shares
24
Views
जसपा नेपालमा वृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न

लिलाकान्त यादव,
राजविराज, ०३ चैत्र ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल तिरहुत गाउँपालिका समितिको आयोजनामा तिरहुत गाउँपालिका वडा नं. ५, लोहजरा (घौनकी) मा वृहत् पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादव रहनुभएको थियो। विभिन्न राजनीतिक दल परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई अध्यक्ष यादवले फूलमाला र खादाले स्वागत गर्दै लोकतन्त्र, समावेशी शासन प्रणाली, संघीयताको मजबूती र मधेशी समुदायको उत्थानका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले शिक्षाको व्यापारीकरण, स्वास्थ्य सेवामा भइरहेको विसंगति, प्राकृतिक स्रोतको दोहन, र सरकारको नीतिगत असफलताका कारण मधेश र अन्य क्षेत्रहरू अझै पछि परिरहेको धारणा व्यक्त गर्नुभयो। उहाँले स्थानीय जनतालाई आफ्नो हक र अधिकारका लागि संगठित भई अगाडि बढ्न प्रेरित गर्नुभयो।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नवप्रवेशीहरूले पार्टीको विचारधारा आत्मसात गर्दै संघीयता, समानुपातिक समावेशी व्यवस्था, र मधेशी, दलित, किसान, महिला तथा श्रमिक वर्गको अधिकार स्थापित गर्न कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे।
जसपा नेपालले देशभर संगठन सुदृढीकरण र पार्टी विस्तार अभियानलाई तीव्र बनाइरहेको सन्दर्भमा तिरहुतको यो पार्टी प्रवेश कार्यक्रमलाई महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता र उत्साहले जसपा नेपालप्रति बढ्दो आकर्षण प्रस्ट पार्दै आएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव