emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

आरआर क्याम्पसमा अनेरास्ववियुको आक्रमण, स्वतन्त्र विद्यार्थी आन्दोलित

source e-Madhesh २०८१ चैत्र २ गते , शनिबार
0
Shares
24
Views
आरआर क्याम्पसमा अनेरास्ववियुको आक्रमण, स्वतन्त्र विद्यार्थी आन्दोलित

लिलाकान्त यादव,
काठमाडौं, ०२ चैत्र ।
 आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी भइरहेका बेला काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका उम्मेदवारमाथि अनेरास्ववियुका कार्यकर्ताले आक्रमण गरेका छन्।
शनिबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र विद्यार्थी समूहले अनेरास्ववियुले बल प्रयोग गरी उनीहरूलाई चुनावी प्रतिस्पर्धाबाट हटाउन खोजेको आरोप लगाएको छ। स्वतन्त्र विद्यार्थी समूहका अध्यक्ष पदका उम्मेदवार हर्कबहादुर बोहराले अनेरास्ववियुको “किल्ला भत्किने डरले“ उनीहरूलाई क्याम्पस प्रशासन र सुरक्षा निकायको मिलेमतोमा आक्रमण गरिएको बताए।
फागुन २८ गते बिहान ८ बजे अनेरास्ववियुका कार्यकर्ताहरूले स्वतन्त्र विद्यार्थी समूहका उम्मेदवार दिपक देवकोटा, छात्रा अप्साना बानु लगायतका विद्यार्थीमाथि कुटपिट गरेका थिए। घटनापछि पीडितहरूले क्याम्पस प्रशासनमा उजुरी दिएका थिए तर प्रशासनले कुनै चासो नदेखाएको उनीहरूको आरोप छ। प्रहरी वृत्त सिंहदरबारमा निवेदन दर्ता गराउन जाँदा पनि तत्काल उजुरी लिन आनाकानी गरिएको पीडित पक्षको भनाइ छ।
सामाजिक अभियन्ता हेमराज थापाले अनेरास्ववियुको दबदबा हटाउन आवश्यक रहेको भन्दै स्वतन्त्र उम्मेदवारहरूलाई सशक्त रूपमा अगाडि बढ्न आह्वान गरे। उनले भने, “दलहरूको हैकमवादी प्रवृत्ति अन्त्य गर्न स्वतन्त्र विद्यार्थीको जित जरुरी छ।“
छात्रा उम्मेदवार अप्साना बानुले संविधानले महिलाको हकअधिकार सुनिश्चित गरे पनि विद्यार्थी राजनीतिमा महिला उम्मेदवारहरूमाथि अझै भेदभाव र हिंसा भइरहेको बताइन्।
अनेरास्ववियुले भने स्वतन्त्र विद्यार्थी समूहले आफूहरूलाई बदनाम गर्न झूटा आरोप लगाएको बताएको छ। उनीहरूले स्वतन्त्र विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक रूपमा सामना गर्ने तयारी गरिरहेको बताएका छन्।
आरआर क्याम्पसमा स्ववियु निर्वाचनका लागि स्वतन्त्र विद्यार्थी समूह, अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरूले उम्मेदवारी दिएका छन्। विद्यार्थीहरूबीच प्रतिस्पर्धा तीव्र भइरहेका बेला भएको यो घटनाले निर्वाचनलाई थप पेचिलो बनाएको छ।
सिंहदरबार प्रहरी वृत्तले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव