emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मानव जीवनमा होली पर्वको प्रभाव

source e-Madhesh २०८१ चैत्र १ गते , शुक्रबार
0
Shares
18
Views
मानव जीवनमा होली पर्वको प्रभाव


भुपदेव माली,
वैदिक सनातन धर्मका हरेक पर्वहरूले मानव जीवनलाई प्रभावित पारेको हुन्छ। पर्वका गुणहरू र पर्वहरुले प्रदान गरिने प्रेरणाहरुले मानव समाजलाई कल्याण गर्दछ। होली पर्व असत्यमाथि सत्यको विजय प्रेरकको रुपमा रहेको छ। होली पर्वका वास्तविकता हेर्दा मानिस भित्र रहेका द्वेष, ईष्र्या, हिंसा शत्रुता आदि जस्ता विकृत भावनाहरुलाई अन्त्य गरी शान्ति एवं सत्यको भावना उजागर गर्न मार्गदर्शन गराउँछ। 
हिजो संसारका हिन्दुहरूले होलीका दहन अनुष्ठान सम्पन्न गर्यो भने आज खुसियालीको अवसरमा एक अर्कालाई विभिन्न प्रकारका रङ्गहरू – अबिरहरु (गुलालहरू) दलेर सद्भाव –प्रेम व्यक्त गर्दछ। यसले मानिसका मन मस्तिष्कलाई शुद्धिकरण गर्दछ।होली पर्वको बारेमा वैदिक सनातन धर्मका विभिन्न ग्रन्थहरूमा गहनतम् विश्लेषण गरिएको छ।
भगवान् विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि भगवान्भक्त प्रह्लादका घटना क्रमसँग सम्बन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्त्व अनि चलनको चर्चा गरिएको छ । भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपालवासीहरूले जयजयकार गर्दै आजको दिनको रङ्गिन उत्सव मनाएको कथा पनि धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ । यस अतिरिक्त होलिका दहनसँग जोडिएको कथा शिवजी– कामदेव र राजा रघु सँग जोडिएको मान्यता पनि रहेको छ।होलिका दहनसँग जोडिएको मुख्य कथा र मान्यताहरू 
हिरणकश्यपु राक्षसहरूको राजा थिए। त्यसका पुत्र प्रल्लाद भगवान विष्णुको परम भक्त थिए। राजा हिरणकश्यपु भगवान विष्णुको आफ्ना शत्रु मान्दथियो। त्यसैले प्रहलादलाई विष्णुको भक्त हुनबाट रोक्न कोसिस गरे। तर  प्रल्लादले नमानेपछि हिरण्यकश्यपु प्रलादलाई यातनाहरू दिन थाले , प्रल्लादलाई पहाडको तल हाम फाल्न लगाए, हात्तीको खुट्टा बाट कुचल्ने प्रयास गरे। तर भगवान विष्णुको कृपाले प्रल्लादलाई केही भएन,बांचे। हिरण्यकश्यपुको होलिका नाम गरेकी एक बहिनी थिइन्। उनलाई आगोले केही नबिगार्ने वरदान प्राप्त थियो। हिरण्यकश्यपुको भनाइमा होलिकाले प्रल्लादलाई आफ्नो काखमा बोकी आगोमा प्रवेश  गरिन्। तर भगवान विष्णुको कृपाले भक्त प्रल्लाद बाँच्न सफल भए र होलिका जलेर मरिन्। त्यहाँबाट नै होलिका दहनलाई ’असत्य माथिको सत्यको विजय’ मानेर हिन्दुहरुले पर्व मनाउन थालिएको हो।
 विश्वप्रसिद्ध होलीहरू 
संसारमा सबैभन्दा प्रसिद्ध होलीहरू मध्ये भारतको उत्तर प्रदेशस्थित मथुराको पर्साना का लठमार होली, जहाँ नन्दगाउँबाट युवाहरू आउँदा वर्षानाकी युक्तिहरुले लाठी प्रहार गर्ने लिलामा आधारित रहेको, नन्दगाउँको लड्डुमार होली, वृन्दावनको बाँके बिहारी मन्दिरस्थितको अविर ( गुलाल) होली, वाराणसीको गङ्गा स्थित मणिकर्निका घाटको  ’चितादहन होली’, जहाँ चिताको अर्थात् लास डहेको राखीबाट होली खेल्ने गरिन्छ र नेपालको जनकपुर स्थित जानकी मन्दिर क्षेत्रको ’मिथिलाको होली’ प्रसिद्ध रहेको छ। 
होली हिन्दुहरूको एउटा विशुद्ध पर्व हो। यस पर्वमा रङलाई बढी महत्व दिएको छ। एकअर्कालाई रङ्ग दल्नु भनेको सद्भाव बढाउनु मात्र हो र फागु गीतहरू भगवानको भजन मात्र हो भन्ने यथार्थ हामीले बुझ्नुपर्दछ। यस पर्वमा माछा – मासु र मदिरा त खानु नै हुँदैन। यद्यपि उत्सवको रुपमा लिँदै गर्दा  हाम्रो नेपालमा र खासगरी तराई र भारतको बिहार क्षेत्रहरुमा होलिको दिन नै माछा – मासु खाने विकृति फैलिएको देखिन्छ। अझ त मदिरा सेवन गरेर प्रबल नै बदनाम पारिएको छ।होली पर्वमा रङको महत्व र यसको अभिप्राय 
होली पर्वमा रङको महत्व र यसको अभिप्राय
नीलो रङ्गले मानवता र धैर्यतालाई दर्साउँछ भने पहेँलो रङ्ग भगवान् श्रीकृष्णको प्रिय रङ्ग मानिन्छ । होलीका बेला सौभाग्यको सूचक रातो रङ्गको प्रयोग पनि आज व्यापक गरिन्छ ।जे होस् होलीमा विभिन्न प्रकारका रङ्गहरू दल्नु भनेको पुराना रिसिबीहरू त्यागेर खुसी खुसी एक अर्कामा प्रेम सद्भाव जताउनु हो। शुक्ल पक्षको ठुलो चन्द्रको छत्रछायामा होली–गीत गाउँदै रातभरि कार्यक्रम आयोजना गर्ने चलन पनि छ । आजको दिन नेपालमा सार्वजनिक बिदा दिइन्छ । उपत्यका लगायत अन्य ठाउँहरूमा आजै अर्थात् फागुन पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भोलिपल्ट दिन बिदा दिइन्छ ।
वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रङ्गहरूबिचको सम्बन्ध अनि रङ्गले पार्ने उत्साहजनक प्रभाव पार्छ भन्ने मान्यता राखिन्छ । के बालक ? के वृद्ध ? अनि के वयस्क ? होली सबैको पर्व हो । धार्मिक मान्यता एकातिर होला, केवल उत्साह अनि सद्भावका रूपमा हेरेरै त होला नेपाली जन चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मिन्छन् ।
बाल–बालिकाले पिचकारी अनि स–साना बेलुनका साथमा मज्जा लिन्छन् । फेरि पिचकारी बजारमा किन्न पाउने मात्र नभई तराईतिर बाँस काट्दै बनाइएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टिकका बोतलबाट बनाइएका पिच्कारीहरु पनि हुन्छन् । वयस्कका निम्ति होली रङ्गहरू अनि भ्रातृत्व र साहसको पर्व हो । सुरु–सुरुमा जो कोही पनि यसपाला म रङ्ग खेल्दिन भनी बस्छन् । तर सुस्तरी रङ्गिन माहौल अनि साथी–भाइको रङ्ग भरिएका हात अनि पानीका फोहोराबाट बच्न हम्मे हम्मे पर्छ । पुराना यादहरू सँगाल्दै अनि अबिर र केसरीको चुटुक्क टिकाका साथमा वृद्ध पुस्ताले दिएका आशिषको पनि होलीमा विशेष महत्त्व रहन्छ ।
तराईतिर त झन् पोखरी नै रङ्गिन पुग्छन्, रङ्गहरूले । खेल्न नमान्ने अनि आनाकानी गर्नेहरूलाई चोपलेर पोखरीमै फालिदिने चलन पनि छ । पहाडमा भन्दा एक दिनपछि मात्र तराईमा होली मनाउने चलन छ । तराई–होली विशेष भोलि हामी लिपिबद्ध गर्ने नै छौँ ।
यो पर्वमा खाने कुराहरूमा आज मालपुवाको विशेष महत्त्व रहन्छ भने तराईतिर भने तरुवा, भरुवाको विशेष महत्त्व हुन्छ । सरसुको दानालाई सिलौटोमा पिसेर अनि मरमसला मिसाएर भान्टाभित्र राखी तारिएको भरुवाको आज विशेष महत्त्व हुन्छ । अर्कोतर्फ भाङको घोटा अर्थात् गाउँतिर पाइने भाङको दानाको धुलो बनाई दूध अनि चिनीको मिश्रणमा हालेर बनाइएको घोटा खाँदै अनि खुवाउँदै जोगीरा सररर.... को तालमा नाँच्नुको विशेष महत्त्व हुन्छ ।
पहिले–पहिले होलीका दिनमा लोला अनि फोहोर पानीहरू मिसाएर पदयात्री अनि काममा निस्केका मान्छेहरूलाई ताकेर हानिने चलन धेरै थियो । तर बिस्तारै यसरी होली मनाउने चलन घट्दै गएको छ तर जे होस्, होलीको उल्लासमा यो वर्ष पनि पहाड र तराईका जिल्लाहरूमा कमी आउने वाला छैन ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न
अमरैयाँका सामाजिक धरोहर व्यक्तिको निधन
अमरैयाँका सामाजिक धरोहर व्यक्तिको निधन
६ दलिय निर्वाचन बहिष्कारमा सशक्त सहभागिता जनाउने क्रान्तिकारी युवा सङ्घ नेपालको घोषणा
६ दलिय निर्वाचन बहिष्कारमा सशक्त सहभागिता जनाउने क्रान्तिकारी युवा सङ्घ नेपालको घोषणा
पृथ्वी जयन्ती : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण, एकता र सार्वभौमसत्ताको सन्देश
पृथ्वी जयन्ती : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण, एकता र सार्वभौमसत्ताको सन्देश
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकता सुदृढ बनाउने प्रेरणा दिन्छ: उपराष्ट्रपति यादव
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकता सुदृढ बनाउने प्रेरणा दिन्छ: उपराष्ट्रपति यादव
राजबिराजमा विशाल जगन्नाथ रथयात्रा 
राजबिराजमा विशाल जगन्नाथ रथयात्रा 
धनुषामा ऐलानी जग्गा विवाद उग्र, सतलोक आश्रम–स्थानीय झडपमा एक दर्जन घाइते
धनुषामा ऐलानी जग्गा विवाद उग्र, सतलोक आश्रम–स्थानीय झडपमा एक दर्जन घाइते
सप्तरीमा तीन दलबीच समन्वय बैठक, सात सदस्यीय कार्यदल गठन
सप्तरीमा तीन दलबीच समन्वय बैठक, सात सदस्यीय कार्यदल गठन
सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा स्लो बाइक प्रतियोगिता हुने
सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा स्लो बाइक प्रतियोगिता हुने
“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन: डा. हरि कार्की
“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन: डा. हरि कार्की