emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

होलीको पूर्वसन्ध्यामा राजविराजमा छुरा प्रहार, एकजनाको अवस्था गम्भीर

source e-Madhesh २०८१ फाल्गुन २९ गते , बिहीबार
0
Shares
26
Views
होलीको पूर्वसन्ध्यामा राजविराजमा छुरा प्रहार, एकजनाको अवस्था गम्भीर

आर.एन मेहता,
राजविराज, २९ फाल्गुन ।
 सप्तरी सदरमुकाम राजविराजको सखडा मोडमा होली पर्वको मुखमा छुरा प्रहार गरी दुई युवकलाई घाइते बनाइएको छ।
घाइतेहरुमा सुनिल यादव डाक्नेश्वरी नगरपालिका–७, ब्रहमपुर र 
 सुभाष यादव  राजविराजका रहेका थिए जसमा सुभाष यादवको अवस्था गम्भीर रहेको छ ।
 बुधबार साँझ सखडामोडस्थित मोटरसाइकल ग्यारेज नजिक युवाहरूमाझ विवाद भएपछि १५–२० जनाको समूहले अचानक छुरा प्रहार गरेका थिए।
 सुभाष यादवलाई तीन ठाउँमा छुरा प्रहार गरिएकाले बिराटनगरको नोबेल अस्पतालमा रेफर गरिएको छ।
 सप्तरी प्रहरीले घटनामा संलग्न भएको आशंकामा बिरेन्द्र कुमार यादवलाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको जनाएको छ।
 प्रारम्भिक अनुसन्धानमा साथीहरूबीचको विवादकै कारण घटना घटेको हुनसक्ने अनुमान गरिएको छ, तर वास्तविक कारण खुल्न बाँकी रहेको स्रोतले जनाएको छ।
सप्तरी प्रहरी कार्यालयले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। होली पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव