emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेकका शिक्षक तथा कर्मचारीका लागि दुई दिने क्षमता अभिवृद्धि प्रशिक्षण सम्पन्न

source e-Madhesh २०८१ फाल्गुन २९ गते , बिहीबार
0
Shares
29
Views
नेकका शिक्षक तथा कर्मचारीका लागि दुई दिने क्षमता अभिवृद्धि प्रशिक्षण सम्पन्न

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २९ फाल्गुन ।
 भक्तपुरको नेपाल इन्जिनियरिङ कलेज (नेक) का शिक्षक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। ललितपुरको स्टाफ कलेजमा सञ्चालन भएको तालिम मा नेतृत्व विकास, शिक्षाशास्त्र, सूचना सञ्चार, तथा सीप विकास सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।
प्रशिक्षणका मुख्य बुँदाहरुमा नेतृत्व विकास र शिक्षण विधि सुधार, विद्यार्थीहरूलाई अध्ययनमा रुचि जगाउने तरिका, सूचना सञ्चार तथा पाठ्यक्रमलाई प्रभावकारी रूपमा बुझाउने उपाय र व्यक्तित्व तथा क्षमता विकासका उपायहरू रहेका छन् ।
प्रशिक्षकहरूमा  विके रमन भट्टराई, डा. नरेन्द्रविक्रम राज पनेरु, मानसी अग्रवाल
र प्रा.डा. बालमुकुन्द भट्टराई रहेका थिए ।
प्रशिक्षणमा सहभागी शिक्षक तथा कर्मचारीहरूले यस्ता कार्यक्रमले शैक्षिक तथा प्रशासनिक गुणस्तर वृद्धि गर्न मद्दत गर्ने बताएका छन्। विद्यार्थीहरूसँगको संवाद प्रभावकारी बनाउन, उनीहरूका जिज्ञासा बुझ्न, र पाठ्यक्रम प्रभावकारी बनाउन यसले सहयोग गर्ने उनीहरूको धारणा थियो।
कलेजका सहायक प्राचार्य मोहनध्वज केसी का अनुसार, नेतृत्व विकास तथा सीप अभिवृद्धि तालिमले शिक्षक तथा कर्मचारीहरूको कार्यक्षमतामा वृद्धि गरी कलेजको गुणस्तर सुधारमा टेवा पु¥याउने बताउनुभयो।
नेपाल इन्जिनियरिङ कलेज मुनाफारहित सामाजिक शैक्षिक संस्था हो। पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा इन्जिनियरिङका विभिन्न विषयहरू अध्ययन अध्यापन गराइन्छ।
कलेजले आगामी दिनमा पनि शिक्षक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न यस्ता तालिम तथा प्रशिक्षणहरू निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव