emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति द्वारा फागु पूर्णिमा (होली) पर्व–२०८१ को शुभकामना

source e-Madhesh २०८१ फाल्गुन २९ गते , बिहीबार
0
Shares
49
Views
उपराष्ट्रपति द्वारा फागु पूर्णिमा (होली) पर्व–२०८१ को शुभकामना

लिलाकान्त यादव,
काठमाडौं, २९ फाल्गुन ।
अबिर र रङ्गहरूको सांस्कृतिक पर्व फागुपूर्णिमा (होली) को सुखद अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि एवं सु–स्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन हिमाली, पहाडी तथा भित्री मधेशमा तथा भोलिपल्ट तराई–मधेशमा होली फागुपूर्णिमा, होरी, फगुवा, रङ्गपञ्चमी आदि नामले मनाइने परम्परा छ। यो पर्व आपसी सद्भाव, भाइचारा, मेलमिलाप र खुशी साटासाट गर्ने पर्व हो।
आजकाल कृत्रिम र स्वास्थ्यलाई असर गर्ने रङ्गहरूको प्रयोग बढ्दै गएको छ। हामीले हर्बल र प्राकृतिक रङ्गहरूको प्रयोग गर्नुपर्छ। साथै, तराई–मधेशमा हुने होलिका दहनलाई पनि वातावरणमैत्री बनाउँदै अनावश्यक तडकभडक घटाउनु आवश्यक छ।
होली पर्वमा डम्फा, ढोलक, जोगिरा, होरी गीत गाउने परम्परा नेपाली संस्कृतिको पहिचान हो। साथै, मालपुवा, दालपुरी, खिर जस्ता परिकार सामूहिक रूपमा ग्रहण गर्नु हाम्रो मौलिक रीतिरिवाज हो। यसको संरक्षण आवश्यक छ।
होली असत्यमाथि सत्य, अन्यायमाथि न्याय, अधर्ममाथि धर्म र खराबमाथि असलको विजय को सूचक हो। यो पर्व शत्रुता र टकराव हटाएर आपसी सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अवसर पनि हो।
रङ्ग, अबिर, कपडा, खानपानको व्यापार बढ्ने हुँदा स्थानीय अर्थतन्त्र चलायमान हुन्छ।
धर्म, जाति, भाषा, भूगोलको सीमाभन्दा माथि उठेर एकताको सन्देश दिन्छ।
सांस्कृतिक विविधताको प्रवद्र्धन गर्दै नयाँ पुस्तालाई नेपाली परम्परासँग जोड्छ।
होलीमा विदेशी वस्तुहरूमा निर्भरता बढ्दै जानु राम्रो संकेत होइन। यस पर्वलाई आत्मनिर्भरताको दिशामा लैजान आवश्यक छ।
अन्त्यमा, यो पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव, बन्धुत्व, मेलमिलाप, सौहार्दता बलियो बनाउन सहयोग गर्ने विश्वासका साथ पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव