emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सांसद भगवती चौधरीः संसद अनावश्यक विवादमा अल्झियो, जनताको समस्या गौण

source e-Madhesh २०८१ फाल्गुन २८ गते , बुधबार
0
Shares
39
Views
सांसद भगवती चौधरीः संसद अनावश्यक विवादमा अल्झियो, जनताको समस्या गौण

लिलाकान्त यादव,
काठमाडौं, २८ फाल्गुन ।
 नेकपा एमालेकी सांसद भगवती चौधरीले संघीय संसद अनावश्यक आरोप–प्रत्यारोपमा अल्झिएको भन्दै जनताको वास्तविक समस्या ओझेलमा परेको गुनासो गरेकी छिन्।
प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहेकी चौधरीले संसदलाई विकास र नीतिगत छलफलको थलो बनाउनुपर्नेमा व्यक्तिगत आक्षेप र राजनीतिक द्वन्द्वमा अल्झाइएको आरोप लगाइन्।
उहाँले राख्नुभएको मुख्य बुँदाहरुमा बेरोजगारी, युवा पलायन, महिला हिंसा जस्ता गम्भीर मुद्दाहरू संसदमा प्रवेश नै पाउँदैनन्।
संसद आरोप–प्रत्यारोपको थलो बन्नु दुःखद – साझा राष्ट्रिय एजेन्डामा छलफल आवश्यक छ ।
 नेपाललाई विज्ञान, प्रविधि र एआईतर्फ लैजान युवालाई अवसर दिनुपर्छ।
 महिला नेतृत्व कानुनी रूपमा स्थापित भए पनि व्यवहारमा कार्यान्वयन कमजोर छ ।
वर्तमान सरकारका नेताहरूलाई हिटलर भन्ने कुरा अमर्यादित – आलोचना संसदीय मर्यादाभित्र हुनुपर्छ।
 राजसंस्थाको पक्षमा भइरहेको आन्दोलनप्रति असहमति – लोकतान्त्रिक बाटोबाट मात्रै परिवर्तन सम्भव हुन्छ ।
सांसद चौधरीले नेपाललाई समृद्ध बनाउन राजनीतिक दलहरू मिलेर साझा रणनीति बनाउने बेला आएको बताइन्।
‘हिंसामुक्त समाज, बेरोजगारीको अन्त्य, युवा पलायनको समस्या समाधान गर्न सबै दलहरू मिलेर नीति बनाउन आवश्यक छ,’ उनले भनिन्।
संविधान र लोकतान्त्रिक विधिमार्फत अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव