emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा राष्ट्रिय युवा संघ नेपाल द्वारा बाढी पीडित परिवारहरूलाई राहत वितरण।

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
15
Views
सप्तरीमा राष्ट्रिय युवा संघ नेपाल द्वारा बाढी पीडित परिवारहरूलाई राहत वितरण।

भूपदेव माली कार्तिक १ गते, सप्तरी। सप्तरीमा नेकपा एमालेका भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी सप्तरीद्वारा बाढी पीडित परिवारहरूलाई राहत वितरण गरिएको छ। गत २०८१ असोज ९ ,१० ,११ गते अविरल वर्षाका कारण आएको बाढीबाट पीडित हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भिटटोल भारदहका ८२ जना परिवारलाई राहत वितरण गरिएको हो। वितरित राहत सामग्रीमा चावल १५ पिलो, तेल आधा लिटर ,नुन एक पाकेट र चाउचाउ दुई पाकेट गरी प्रत्येक परिवारलाई वितरण गरिएको युवा संघ सप्तरीका अध्यक्ष अशोक गोईठीया यादवले जानकारी गराए। वितरित राहत सामग्री कुनै राष्ट्रिय निकायका अनुदान अथवा राष्ट्रिय – अन्तर्राष्ट्रिय संघ संस्थाबाट अनुदान नभई नेकपा एमालेका नेता एवं कार्यकर्ताहरूको चन्दा सहयोगबाट संकलन गरी वितरण गरिएको राष्ट्रिय युवा संघ केन्द्रीय समितिका सदस्य केवल खत्रीले जानकारी गराउनुभयो। टोलका प्रत्येक परिवारलाई वितरण गरिएको सो कार्यक्रममा नेकपा एमालेको पोलिट ब्युरो सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, एमाले मधेश प्रदेश समिति सदस्य शैलेन्द्र चन्द्र झा , पूर्व उपसभामुख गंगा प्रसाद यादव, जिल्ला कमिटीका सदस्य देवनाथ यादव , राष्ट्रिय युवा संघका जिल्ला अशोक कुमार गोइठिया यादव, मधेश प्रदेश सदस्य केवल खत्री ,ह.कं.नपा.का एमाले नगर समिति अध्यक्ष आकाश यादव लगायत वडा नं १ का नेता एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव