emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

माटो खनिरहँदा एक युवक माटोका ढिस्कामुनि दबिएर घाईते

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
16
Views
माटो खनिरहँदा एक युवक माटोका ढिस्कामुनि दबिएर घाईते

भूपदेव माली,
राजविराज, ३० असोज ।
सप्तरीमा एकजना युवकले घर लिपपोत गर्ने माटो खनिरहँदा माथिबाट माटोको ढिस्का झर्दा सो खाल्टो मुनि दबिएर घाइते भएका छन्।
सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं ३ पोर्ताहा बस्ने गुणानन्द रायको छोरा वर्ष २१ का शिवनन्दन राय खाल्टो भित्र माटो खनिरहँदा माथिबाट माटोका ढिस्का खस्दा सो मुनी दबिएर घाइते भएका हुन्।
हनुमान नगर कंकालिनी नगरपालिका वडा नम्बर १ अन्तर्गत कोशी प्रोजेक्ट कोलोनी अन्तर्गत छिमेक गाउँका मानिसहरूले दीपावलीको अवसर पारेर माटो खनेर घर लगि लिपपोत गर्ने गरेको अवसरमा निज राईले पनि माटो खनिएको खाल्टो भित्र माटो खनिरहदा माथिबाट माटोका ढिस्का खस्दा खाल्टो मुनि च्याप्न जाँदा तत्काल बेलैमा वरपरका मानिसहरूले कोदालो बोकेर आई माटो खनेर रायलाई माटो भित्रबाट सकुशल निकालिएको थियो।
घाइते राय उपचारको क्रममा रहेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार