emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

महिलाको पहुँच स्रोत साधनमा  बढाउन जरूरी ः मन्त्री सुडी

source e-Madhesh २०८१ फाल्गुन २४ गते , शनिबार
0
Shares
44
Views
महिलाको पहुँच स्रोत साधनमा  बढाउन जरूरी ः मन्त्री सुडी

लिलाकान्त यादव,
काठमाडौं, २४ फाल्गुन ।
 महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले महिलाको समान सहभागिता, आर्थिक सशक्तीकरण र स्रोत साधनमा पहुँच वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले भने, “महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा हुन सक्दैन।“
मन्त्री सुडीले नेपालले लैङ्गिक समानता र हिंसा न्यूनीकरणमा उल्लेखनीय प्रगति गरेको बताए। जसमा संघीय संसद्मा ३४%, प्रदेश सभामा ३६.५% र स्थानीय तहमा ४१.१% महिला जनप्रतिनिधि छन्।
निजामती सेवामा करिब २८% महिला कर्मचारी कार्यरत छन्।
यद्यपि, नीतिगत, कानुनी र संस्थागत सुधार भए पनि समाजमा पितृसत्तात्मक सोच कायमै रहेको मन्त्री सुडीको भनाइ छ। लैङ्गिक हिंसा, गरिबी र रोजगारीको असमान पहुँचले महिलाहरू अझै पछि परेको उनले बताए।
महिलालाई आर्थिक उपार्जनमूलक क्रियाकलापमा सहभागी गराउन आवश्यक।
स्रोत साधनमा सहज पहुँच बढाउन नीतिगत पहल आवश्यक।
लैङ्गिक समानता कायम गर्दै न्यायपूर्ण समाज निर्माण गर्न निरन्तर प्रयास जरुरी।
मन्त्री सुडीले महिलाको समावेशिता र समान अवसर सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव