emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उप राष्ट्रपति द्वारा अन्तर्राष्ट्रिय महिला दिवस को हार्दिक शुभकामना

source e-Madhesh २०८१ फाल्गुन २३ गते , शुक्रबार
0
Shares
42
Views
उप राष्ट्रपति द्वारा अन्तर्राष्ट्रिय महिला दिवस को हार्दिक शुभकामना

लिलाकान्त यादव,
काठमाडौं, २३ फाल्गुन ।
अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।
महिलाको सशक्तिकरण, समावेशिता, समानता, शिक्षा, स्वास्थ्य, आत्मनिर्भरता जस्ता महत्त्वपूर्ण विषयलाई प्रवद्र्धन गर्न विश्वभर यो दिवस विशेष कार्यक्रमका साथ मनाइन्छ। समाजमा महिलाको सम्मानजनक सहभागिता, राजनीतिक, सामाजिक र आर्थिक समानता सुनिश्चित गर्न सकियो भने मात्र यो दिवसको सार्थकता पुष्टि हुनेछ।
महिलाहरूले घर, समाज, राष्ट्र निर्माण र समृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। उनीहरूको साक्षरता, आत्मनिर्भरता र जागरूकता बढाउन संगठित प्रयास आवश्यक छ। महिलाहरूलाई आर्थिक, सामाजिक, राजनीतिक र मानसिक रूपमा सशक्त बनाउन सकियो भने मात्र समावेशी समाज सम्भव छ।
महिलाको सम्मान वैदिककालदेखि हुँदै आएको छ – “यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवताः“ अर्थात् जहाँ महिलाको सम्मान हुन्छ, त्यहाँ देवताको बास हुन्छ। तर आज पनि बालविवाह, दाइजो, छाउपडी, घरेलु हिंसा जस्ता कुरीति हटाउन तथा महिला अधिकार सुनिश्चित गर्न गम्भीर पहल आवश्यक छ।
सरकार, गैरसरकारी संस्था, समाज र प्रत्येक व्यक्तिले महिलाको हकहित प्रवद्र्धन गर्नुपर्ने।
महिलाको आत्मनिर्भरता र आर्थिक सशक्तिकरणका लागि लगानी आवश्यक।
हरित अर्थतन्त्र, दिगो विकास र न्यायपूर्ण समाज निर्माणमा महिलाको भूमिका अनिवार्य।लैङ्गिक समानता मानव अधिकारको आधार हो। महिला सशक्तिकरणमा लगानी गरिनुपर्छ, जसबाट सम्पूर्ण समाज लाभान्वित हुनेछ।
अन्त्यमा, समाजमा महिलाले उचित स्थान, सम्मान र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सबैको योगदान आवश्यक छ। यस अन्तर्राष्ट्रिय महिला दिवसले हामी सबैलाई समानता, समावेशिता र प्रगतितर्फ अगाडि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
अन्तर्राष्ट्रिय महिला दिवसको पुनः हार्दिक शुभकामना! 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव