emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राजनीति स्वार्थ पूर्तिका कारण धार्मिकस्थलको गरिमालाई घटाउने प्रयास गर्नु हुँदैन- अध्यक्ष मण्डल, नागरिक समाज।

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
35
Views
राजनीति स्वार्थ पूर्तिका कारण धार्मिकस्थलको गरिमालाई घटाउने प्रयास गर्नु हुँदैन- अध्यक्ष मण्डल, नागरिक समाज।

भूपदेव माली
असोज २८ गते, सप्तरी।
‘आफ्नो राजनीति स्वार्थ पूर्तिका लागि भारदहका कंकालिनी भगवती मन्दिर जस्तो धार्मिक स्थलको गरिमालाई घटाउने प्रयास गर्नु हुँदैन’ मधेसी नागरिक समाजका अध्यक्ष गणेश मण्डलले बताउनुभएको छ।
कंकालिनी भगवती मन्दिरमा तेस्रो पटक र छिनमस्ता मन्दिरमा पहिलोपटक नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने कार्यमा कुनै राजनीतिकर्मी वा मेयरको कुनै रूपमा कुनै प्रकारको सहयोग नरहेको वास्तविकता उजागर गर्दै फोन सम्पर्क तथा ह्वाटसपको माध्यम द्वारा अभिव्यक्ति दिँदै अध्यक्ष मण्डलले सो कुरा बताउनु भएको हो।

‘सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह स्थित रहेको पूर्वी नेपालको प्रसिद्ध शक्तिपीठ कंकालिनी भगवती मन्दिरमा पहिलोपटक नेपाली सेनाको सहयोगमा हेलिकप्टर एवं म आफ्नै बजेट खर्च गरी फूलको वर्षा गराएको र दोस्रो वर्ष मेयर वीरेन्द्र माझीले आफ्नो नगरपालिकाबाट फुल खरिदका सम्पूर्ण रकम बेहोर्ने भनेता पनि फूलका सम्पूर्ण रकम नतिरी उल्टै जनमत पार्टीका नेता सीके राउतले हेलिकप्टरबाट फुल वर्षा गरेको भनेर विभिन्न सोसल मिडियाको माध्यमले कुप्रचार प्रसार गर्न लगाएको प्रति आपत्ति प्रकट’ गर्दै ‘यस वर्ष पनि मेयर वीरेन्द्र माझीले मैले नै हेलिकप्टरबाट पुष्प वर्षा गराउने फेसबुकमा पोष्ट गरी आफ्नो राजनीतिक स्वार्थ पूर्ति गर्ने प्रयास गरिएको’ बताउनुभयो।

‘यसपाली सप्तरीको छिनमस्ता भगवती मन्दिर र कंकालिनी भगवती मन्दिरमा फूल फुल खरिद गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुखले रकम व्यवस्था प्रदान गरिएको थियो भने नेपाली सेनाका कर्नेल – जर्नेलको सहयोगमा हेलिकप्टर ल्याएर हामीले पुष्पवृष्टि गरेका थियौ ‘ भन्दै अध्यक्ष मण्डलले ‘मेयर बिरेन्द्र माझीले हेलिकप्टरका लागि कसैलाई फोन सम्पर्कसम्म नगरी “मैले नै हेलिकप्टरबाट फुल वर्षा गर्न लागेका” कुरा जनता बीच प्रचारप्रसार गरी जनतालाई धोका दिनु र मन्दिरको गरिमालाई ठेस पुर्‍याउने कार्य मात्र भएको’ बताउनुभयो।
‘कंकालिनी भगवती मन्दिरमा हेलिकप्टरबाट दिगो रुपमा पुष्पवृष्टि गर्नका लागि स्थानीय तहबाट प्रयास हुनुपर्दछ ,तर यस मन्दिरलाई एउटा टोलबासीको कब्जामा राखेर सम्भव नभएको’ भन्दै ‘उहाँले यस मन्दिरलाई सक्दो छिट्टै राज्यको सरकारी ट्रस्टमा लगेर साझा मन्दिर बनाउन सक्यो भने यस मन्दिरको महत्व एवं गरिमा अझ बढी हुने’ बताउनुभयो।
‘अरुले गरेको कार्यको श्रेय आफू लिनु हुँदैन। सत्य तथ्यको खोजी गरी समाचार बनाउनु पत्रकारहरूको धर्म एवं कर्तव्य भएकोले यस प्रकारका मिथ्या प्रचारप्रसारलाई छर्लङ्ग पार्नु पत्रकारहरुसँग अनुरोध गर्दै मन्दिरलाई एउटा टोलमा मात्र सीमित नराखी व्यापक क्षेत्रमा पुर्याउन’ अनुरोध समेत गर्नुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव