emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जसपाको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक सम्पन्न

source e-Madhesh २०८१ फाल्गुन २१ गते , बुधबार
0
Shares
42
Views
जसपाको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक सम्पन्न

लिलाकान्त यादव,
राजविराज, २१ फाल्गुन ।
 जनता समाजवादी पार्टी नेपाल (जसपा) अन्तर्गतको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा सम्पन्न भएको छ। बैठकमा विभाग प्रमुख चन्देश्वर पासमान र केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
बैठकमा  गरिएका प्रमुख विषयहरूमा भूमि सम्बन्धी अध्यादेशको प्रभाव र सम्भावित असरहरू र वन, वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी पार्टी नीति निर्माण, विभागमा नयाँ सदस्यहरूको समावेशीकरण जस्ता विषयमा छलफल भएको थियो । 
बैठकमा सहभागी नेताहरूले बढ्दो पर्यावरणीय संकट, विपद् व्यवस्थापन प्रणाली सुधार, वन संरक्षण तथा जलवायु परिवर्तनका विषयमा ठोस कदम चाल्नुपर्ने आवश्यकताको पक्षमा जोड दिए। बैठकले नयाँ सदस्यहरू समावेश गरी विभागलाई प्रभावकारी बनाउने निर्णय समेत गरेको छ।
बैठकमा सचिव हन्सा साह, विज्ञ माधव प्रसाद देव, चन्देश्वर सदा, कोषाध्यक्ष सुरिता साह, प्रेस मञ्च नेपाल मधेश प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव, प्रदीप घाताली लगायत अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकको समापनमा सहभागी नेताहरूले वन, वातावरण तथा विपद् व्यवस्थापनका मुद्दामा पार्टीको स्पष्ट नीति निर्माण गर्दै प्रभावकारी कार्ययोजना ल्याउने प्रतिबद्धता व्यक्त गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव