emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सेवाशुल्क पुनः प्राप्तिको माग गर्दै होटल मजदुरहरूको आन्दोलन

source e-Madhesh २०८१ फाल्गुन २१ गते , बुधबार
0
Shares
55
Views
सेवाशुल्क पुनः प्राप्तिको माग गर्दै होटल मजदुरहरूको आन्दोलन

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं,२१ फाल्गुन ।
 सेवाशुल्क पुनः प्राप्तिको माग गर्दै विभिन्न तारे होटल तथा रेष्टुराँका मजदुरहरू आन्दोलनमा उत्रिएका छन्। बुधबार राजधानीका सोल्टी, चन्द्रागिरी हिल्स, पार्क भिलेज रिसोर्ट लगायतका होटलहरूमा प्रदर्शन गर्दै मजदुरहरूले सर्वोच्च अदालतको सेवाशुल्क खारेजीसम्बन्धी निर्णय अन्यायपूर्ण भएको बताएका छन्।
अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघका अध्यक्ष कुमार पन्त ले सेवाशुल्क पुनः प्राप्ति नहुन्जेल संघर्ष जारी रहने बताए।
वरिष्ठ उपाध्यक्ष मिलन मल्ल ले सर्वोच्चको फैसला श्रमिक विरोधी भएको र यसले दक्ष श्रमिक विदेशिन बाध्य बनाएको आरोप लगाए।
महासचिव रामकुमार खड्का ले सेवाशुल्क कानूनीरूपमा लागू हुनुका साथै स्थायी श्रमिक नियुक्ति व्यवस्था आवश्यक रहेको बताए।
उपाध्यक्ष सुसिल राजभण्डारी ले पर्यटन क्षेत्रमा कार्यरत मजदुरलाई न्यूनतम बेतनको ग्यारेन्टी नभए देशबाट दक्ष जनशक्ति पलायन हुने चेतावनी दिए।
सोल्टी होटल इकाईका अध्यक्ष सुमन महर्जन ले देशभर मजदुरहरू अन्यायमा परेको भन्दै संघर्षलाई चर्काउने बताए।
मजदुर जागरण अभियानका मुख्य कारणहरूमा सेवाशुल्क कानूनीरूपमा लागू गराउनु पर्ने, स्थायी श्रमिक नियुक्तिको व्यवस्था गर्न, पर्यटन क्षेत्रमा न्यूनतम बेतन ग्यारेन्टी गराउन र सामाजिक सुरक्षा कोषमा सबै मजदुरलाई आबद्ध गराउने जस्ता कारणहरु मजदुर जागरण अभियानका मुख्य कारणहरु हुन ।
फागुन १८ गतेदेखि होटल हिमालय र होटल मल्लबाट सुरु भएको मजदुर जागरण अभियान क्रमशः विभिन्न होटलहरूमा विस्तार भइरहेको छ। अध्यक्ष पन्तले चैत १ गते माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम तय भएको जानकारी दिँदै सम्पूर्ण मजदुरहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव