emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कुशासन र भ्रष्टाचारविरुद्ध मातृभूमि पार्टीको प्रदर्शन

source e-Madhesh २०८१ फाल्गुन २१ गते , बुधबार
0
Shares
38
Views
कुशासन र भ्रष्टाचारविरुद्ध मातृभूमि पार्टीको प्रदर्शन

लिलाकान्त यादव,
काठमाडौं, २१ फाल्गुन ।
 राष्ट्रिय मातृभूमि पार्टी ले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा कुशासन, भ्रष्टाचार र बेथितिविरुद्ध माइतिघरमा प्रदर्शन गरेको छ। प्रदर्शनमा पार्टी कार्यकर्ताहरूले नाराबाजीसहित झन्डा र प्लेकार्ड बोकेर विरोध जनाएका थिए।
पार्टी अध्यक्ष रामशरण पाण्डे ले सडकमा बनाइएको नेपालको नक्सामा झाडु लगाएर कुशासन र भ्रष्टाचार हटाउनुपर्ने सन्देश दिएका थिए। उनले संसदीय व्यवस्थालाई भ्रष्टाचार र बेथितिको प्रतीक भन्दै वर्तमान सरकार विदेशी शक्तिहरूको मतियार बनेको आरोप लगाए।
वरिष्ठ नेता केवी लिम्बु ले मातृभूमि जन–जागरण अभियानलाई निर्णायक संघर्षमा बदल्ने घोषणा गरे।, उपाध्यक्ष तथा अर्थविद् टुलराज वस्याल ले सरकारले वैदेशिक ऋण भ्रष्टाचारका लागि प्रयोग गरिरहेको आरोप लगाए।, 
महासचिव गोविन्द गिरी ले नेपालका पछिल्ला शासकहरूले देशको गौरवशाली इतिहासलाई कमजोर बनाउँदै लगेको बताए। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘सहयोगमा ठगी भएको’ भनाइले नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भएको दाबी गरे। र
प्रदर्शनमा केन्द्रीय नेता भगवती पौडेल र जनकवि भोला बरालले कविता वाचन, भीमसेन रिसाल र अन्नपूर्णेश्वरी श्रेष्ठले नाटक प्रदर्शन, तथा कृष्ण भक्त महर्जनले व्यंग्यात्मक नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा युवा मातृभूमि शक्ति (युमाश) का संयोजक सविन, युवा नेता आर.के ढकाल, सचिव यज्ञप्रसाद वस्याल, नेतृ गंगाकुमारी थापा लगायतका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उप–महासचिव लक्ष्मिदत्त भट्ट ले गरेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव