emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

वन संरक्षण र दिगो व्यवस्थापनमा समन्वय आवश्यक : उपराष्ट्रपति यादव

source e-Madhesh २०८१ फाल्गुन २० गते , मंगलबार
0
Shares
31
Views
वन संरक्षण र दिगो व्यवस्थापनमा समन्वय आवश्यक : उपराष्ट्रपति यादव

लिलाकान्त यादव,
राजविराज, २० फाल्गुन ।                                                                                                                       उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वन संरक्षण, प्रवर्द्धन, र दिगो व्यवस्थापनका लागि सरकार, स्थानीय समुदाय, तथा प्राविधिक विज्ञहरूबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ। ललितपुरमा नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सव समारोहमा उहाँले वन नीति सुधार, नवीन प्रविधिको प्रयोग, र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो। उहाँले नेपालको ४६% भूभाग वन क्षेत्रले ओगटेको र यसको विस्तार आवश्यक रहेको बताउँदै वातावरणीय सन्तुलन कायम गर्न संविधानअनुसार वन संरक्षण महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। पछिल्लो समय तराई–मधेशमा पानीको सतह घट्दै जानु गम्भीर समस्या भएकाले जलस्रोत संरक्षणका उपायहरू अपनाउनुपर्नेमा जोड दिनुभयो। वन–उद्योग क्षेत्रमा दिगो विकासका लागि नीति, सहजीकरण, र सहकार्य आवश्यक रहेको भन्दै उहाँले वन उद्यमशीलताको विकास, जैविक विविधता संरक्षण, र जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रिय जगतमा उठाउनुपर्ने बताउनुभयो। देशभित्रै काठ तथा फर्निचर उद्योग प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले आयात निर्भरता घटाउन वैज्ञानिक अध्ययन आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै उपराष्ट्रपतिले वन संरक्षण र प्रवर्द्धनमा नेपाल वन प्राविधिक संघको योगदान सराहनीय रहेको बताउनुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव