emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तकोशी नपा.को फत्तेपुरमा  जंगली बाघ पसे, बाघको आक्रमणबाट २ जना घाइते

source e-Madhesh २०८१ फाल्गुन १९ गते , सोमबार
0
Shares
46
Views
सप्तकोशी नपा.को फत्तेपुरमा  जंगली बाघ पसे, बाघको आक्रमणबाट २ जना घाइते

लिलाकान्त यादव,
राजविराज, १९ फाल्गुन ।
 सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोल वस्ती भित्र एउटा बाघ पसेको छ। आइतबार रातिको बेला टोल बस्तीतिर एउटा बाघ पसेका हुन्।  
 सोमबार बिहान खोरिया टोलका घरहरूमा बाघ पसेको देखेपछि सो बाघलाई स्थानीयहरूले धपाउन खोज्दाको क्रममा बाघको आक्रमणबाट स्थानीय दुई जना घाइते समेत भएका छन्।
अन्दाजी ४३ वर्षका कृष्ण विष्ट र ५५ वर्षका गणेश खत्री घाइते भएका हुन्। उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्सपेक्टर उदय कुमार राईले जानकारी दिए।
उनका अनुसार आज बिहान ०७ः०० बजेतिर बस्तीमा बाघ पसेको जानकारी प्रहरीले पाएको थियो। त्यसलगत्तै फत्तेपुरको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली वस्तीमा परिचालित भएको थियो।
उक्त बाघ कोशीटप्पु वन्यजन्तु आरक्षबाट नै बस्तीमा आएको अनुमान छ। उक्त बाघलाई कोशी टप्पु आरक्षक क्षेत्रमै क्षेत्रमै फर्काउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव