emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीको काँचनमा शिक्षाको महत्व र आवश्यकता विषयक कार्यक्रम सम्पन्न।

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
32
Views
सप्तरीको काँचनमा शिक्षाको महत्व र आवश्यकता विषयक कार्यक्रम सम्पन्न।

भूपदेव माली
असोज २७ गते, सप्तरी।
सप्तरीको काचनमा शुभकामना आदानप्रदान सम्मान तथा शिक्षाको महत्व एवं आवश्यकता विषयक कार्यक्रम आइतबार सम्पन्न भएको छ।
इन्टेलेक्चुअल फाउण्डेशन नेपाल, राजविराजको अध्यक्ष सूर्य प्रसाद यादवको अध्यक्षता एवं जनक राजर्शी विश्वविद्यालय जनकपुरका रजिस्ट्रार महेन्द्रप्रसाद यादवको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरु मधेश प्रज्ञा प्रतिष्ठानका सञ्चालक सदस्य दिनेश कुमार यादव,बोदे बर्साइन नपा. वडा नम्बर ८ का वडाध्यक्ष बैजनाथ चौधरी जनता माविका प्र अ रङलाल शाह र अतिथिहरूमा इन्जिनियर सूर्य नारायण यादव, दानालाल चौधरी, धिरेन्द्रप्रसाद शाह, प्रमोद यादव लगायतका व्यक्तिहरु रहेका थिए।
बोदे वर्षाइन नपा वडा नं ८ काचनमा सम्पन्न कार्यक्रम मा मधेश प्रदेशमा यतिबेला खासगरी सामुदायिक विद्यालयहरूमा पठनपाठनमा गतिशीलता ल्याउन शिक्षा के हो? शिक्षाको आवश्यकता किन? भन्ने विषयमा विभिन्न वक्ताहरुद्वारा विचार मन्थन तथा आउँदो दिपावली, छठ पूजा, समा चकेवा को शुभकामना आदानप्रदान समेत गरिएको थियो।
सम्पन्न कार्यक्रममा देशभरि शिक्षा सुधार योजना कार्यक्रम लागू भएपनि मधेश प्रदेशका धेरै स्थानीय तहहरूमा शिक्षा सुधार योजना भनेको के हो भन्न पनि बुझेका छैनन्। त्यसो भएको हुँदा मधेसभित्रका सामुदायिक विद्यालयहरू मा पठनपाठन प्रक्रियामा परिवर्तन ल्याउने कल्पना गर्न सकिँदैन गोर्खापत्र समाचारका मधेश प्रदेश ब्युरो प्रमुख धिरेन्द्र साहले बताउनुभयो।
कार्यक्रममा आम सञ्चार प्राधिकरण मधेस प्रदेशका प्रमुख श्यामसुन्दर यादवले ‘शिक्षकलाई मात्र दोष दिएर हुँदैन।जबसम्म आआफ्ना सन्तानलाई अभिभावकले निगरानी राखदैन तबसम्म ती सन्तानहरूले शिक्षा आर्जन गर्न सकदैन। किनभने सन्तानले विद्यालयमा गएर पढ्ने गरेका छन् वा लागू पदार्थको लतमा फसेका छन्? भन्ने कुराको रेखदेख अभिभावकले नै गर्नु पर्ने हुन्छ’ बताउनुभयो।

कार्यक्रममा मधेस प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश कुमार यादवले ‘कसैलाई दोष दिएर हुँदैन। मधेशका समस्त जनतालाई शिक्षा के हो र यसको आवश्यकता किन भन्ने कुरा बुझ्नु आवश्यक भएको’ बताउनुभयो।
‘कुनै बेला शिक्षा क्षेत्रमा मधेश अगाडि रहेर मुलुकका ७५ वटा जिल्लाहरूमा शिक्षा प्रदान गर्दै आएको इतिहास साक्षी छ। तर यतिबेला मधेसका अधिकांश बालबालिकाहरूले कुलतमा परेर पथ भ्रष्ट हुँदै गएको जवाफदेहिता यहाँका जनताले लिनुपर्ने हो। शिक्षाको महत्व र आवश्यकता भन्ने कुरा बुझेर यसप्रति सबैले लाग्नु पर्ने आवश्यक भएको’ प्रमुख अतिथिको आसनबाट आफ्नो विचार राखेका थिए
 
No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव