emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

वडाध्यक्ष कार्यालय हाजिर नहुँदा स्थानिय जनता सास्तीमा

source e-Madhesh २०८१ फाल्गुन १८ गते , आइतबार
0
Shares
27
Views
वडाध्यक्ष कार्यालय हाजिर नहुँदा स्थानिय जनता सास्तीमा

भुपदेव माली फागुन १८ गते सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष वडा कार्यालय हाजिर नहुँदा स्थानिय जनताकाे काममा बाधा परेका छन् । कार्यालय सचिव सरूवा बिषयलाई लिएर वडाध्यक्ष सुरेन्द्र प्रसाद मण्डलले कार्यालय छाडेपछि स्थानिय जनताकाे काममा बाधा परेकाे हाे । सचिव सरूवाकाे बिषयलाई लिएर, रीसले वडाध्यक्ष मण्डल वडा कार्यालय जान छाडेकाे डेढ महिना बितिसकेकाे छ । उनकाे ठाउँमा वडा सदस्य उमेश मण्डलले १ महिना निमित्त चलाएर वडा कार्यालयकाे कामकाज सम्हालेकाे थियाे तर उनकाे ४ दिन अगाडी म्याद सकिएपछि कामकाज ठप्प भएकाे पिडितहरूकाे गुनासाे छ ।वडाबाट स्थानिय जनताकाे दिनहुँ हुने कामकाजमा बाधा पर्दै आएपनी यस सम्बन्धमा वडाध्यक्ष मण्डलले कुनै चासाे देखाएकाे छैन । वडाध्यक्ष मण्डलले सचिवकाे सरुवा बिषयलाई लिएर नगरपालिकालाई दङ्ग्याउने हिसाबले वडा कार्यालयमा हाजिर नहुँदा स्थानिय जनताकाे कामकाज राेकिएकाे स्थानिय ध्रुव नारायण मण्डलले गुनासाे गरे । उनले भने, कर्मचारी सरूवा, बढुवा लगायत प्रशासनिक कार्यकाे बिषयलाई लिएर जनप्रतिनिधि ब्यक्तित्वले जनताकाे कामलाई बाधा पार्नु सभ्य मानिदैन । यता वडाध्यक्ष मण्डलसंग बुझ्दा कर्मचारी सरूवा बेमाैसम हिसाबले नगरपालिकाले गरेकाेले याे कार्यप्रति आफ्नो चित्त नबुझेकाेले वडा कार्यालय नगएकाे बताए । सचिव अरूण यादवलाई के कति कारणले अन्त्य सरूवा गराइयाे र महेन्द्र मुखियालाई यहाँ पठाइयाे याे मेराे चित्त दु:खाइ हाे वडाध्यक्ष मण्डलले थपे । कार्यालयमा तपाईंकाे अनुपस्थितिले स्थानिय जनताकाे काममा बाधा पर्न गयाे नी ? भन्ने प्रश्नमा उनले भने त्याे नगरपालिकाले नै बुझ्ने कुरा हाे म जान्दिन । सचिव यादव डेढ महिना अगाडि यसवडाबाट गएकाे हाे भने उनकाे ठाउँमा मुखिया हाजिर भएकाे हाे । सचिव मुखियाकाे स्थायिघर वडा नम्बर १ मै पर्दछ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव