emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सरकार स्वार्थ समूहको पक्षमा ः माओवादी उपमहासचिव बस्नेत

source e-Madhesh २०८१ फाल्गुन १८ गते , आइतबार
0
Shares
33
Views
सरकार स्वार्थ समूहको पक्षमा ः माओवादी उपमहासचिव बस्नेत

लिलाकान्त यादव,
काठमाडौं, १८ फाल्गुन ।
 नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत ले वर्तमान सरकार जनताको आवश्यकतालाई उपेक्षा गर्दै सीमित स्वार्थ समूहको पक्षमा काम गरिरहेको आरोप लगाएका छन्।
प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेशको दोस्रो अधिवेशनमा बोल्दै बस्नेतले सरकारले राष्ट्रसेवक कर्मचारीमाथि अनावश्यक हस्तक्षेप गरेको दाबी गर्दै कुलमान घिसिङलाई पटक–पटक स्पष्टिकरण माग्नु अनुचित रहेको बताए।
उनले नेपाली कांग्रेस र नेकपा (एमाले) संविधानको प्रगतिशील चरित्रलाई परास्त गर्न संशोधनको कुरा उठाइरहेको आरोप लगाए। उनले व्यवस्था मात्र बदलिनु पर्याप्त नभएको, जनताको अवस्था सुधार्न सरकार असफल भइरहेको टिप्पणी गरे।
पूर्वगृहमन्त्री समेत रहेका बस्नेतले माओवादीको पहलबाट आएको परिवर्तनको मूल मर्मअनुसार सरकार अघि नबढेको बताए। उनले सरकार आफैंले ल्याएको अध्यादेशले नैतिक संकट सिर्जना गरेको उल्लेख गर्दै रातारात अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरे।
उनले माओवादीले झापा–कञ्चनपुरसम्म हुलाकी राजमार्ग अभियान सञ्चालन गरिरहेको जानकारी गराउँदै प्रचण्ड नेतृत्वको सुशासन अभियानलाई रोक्ने प्रयासविरुद्ध जनस्तरबाट खबरदारी भइरहेको बताए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव